ताजा अपडेट »

निर्वाचन-२०७९ : यस्तो छ रुपन्देहीको पछिल्लो मत परिणाम

शुक्रबार, ०९ मंसिर २०७९, ०६ : ५६
30 Shares

बुटवल । मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । यसैबी रुपन्देहीमा जारी मतगणनामा प्रतिनिधिसभा तर्फ अझै ३ वटा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम टुङ्गो लागेको छैन  ।

प्रतिनिधि सभामा ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीको पछिल्लो मत परिणाम यस्तो रहेको छ :

रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका लागि जारी मतगणनामा नेकपा एमालेका सचिव छबिलाल विश्वकर्माले सूर्य चिन्हमा १३७२४ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी नेता घनस्याम भुषालले त्रिभुज चिन्हमा ११३५५ मत प्राप्त गरेका छन् । यसैगरी नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरी ८३९६ मतकासाथ तेस्रो स्थानमा छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष  बिष्णु पौडेलले २३७९३ मतकासाथ अग्रताकायम राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले घण्टी चिन्हमा २२८८७ मतसहित दोस्रोमा छन् । राष्ट्रिय जनमुपक्ति पार्टीका केशव बहादुर थापा मगरले घर चिन्हमा १९२७० मत प्राप्त गरेका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता  दिपक बोहराले हलो चिन्हमा २५३५९ मतकासाथ अग्रता कायम राखेका छन् । गृहमन्त्री तथा नेपाली काँग्रेसका नेताबालकृष्ण खाँणले रुख चिन्हमा २४९९३ मतकासाथ दोस्रोमा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।