ताजा अपडेट »

नवलपरासीको बर्दघाटमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

बुधबार, ०७ मंसिर २०७९, ०६ : ५८
12 Shares

परासी । नवलपरासीको बर्दघाट नगरपालिका ४ मा खुकुरी प्रहार गरेर १ जनाको हत्या भएको छ । एक जना गम्भिर घाईते भएका छन् । आपसी विवाद हुदा अज्ञात ब्यक्तिको खुकुरी प्रहारबाट बाग्लुङ्गका ४६ वर्षीय दिलिप कुमार पुनको घटनास्थलमै मृत्यु भएको र स्थानीय विष्णु काउछा घाईते भएको पश्चिम नवलपरासीका प्रमुख एसपी ऋषिराम कण्डेलले जानकारी दिए ।

घाईतेको बुटवलमा उपचार भैरहेको छ । खुकुरी प्रहार कसले गर्यो र के कारणले घटना घट्यो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।