१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

रुपन्देही–३ मा सत्ता गठबन्धनबाट कांग्रेसका बालकृष्ण खाण र एमालेको नेतृत्वमा राप्रपा, जसपा तालमेलबाट राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहरा चुनावी प्रतिस्पर्धामा  छन् ।  खाण र बोहोरामध्ये एक जनाले यहाँको प्रतिनिधित्व गर्दै स‌ंसद प्रवेश गर्ने धेरैको अनुमान छ । निर्वाचनको तयारी र सम्भावनाबारे बोहोरासँग गरेको कुराकानीको सम्पादित अंश :

Advertisement

तपाईले जित्ने आधार के हो र ? 
चुनाव जित्ने पहिलो आधार भनेको आम मतदाता एमाले, राप्रपा र जसपा नेतृत्वको गठबन्धनका साझा उम्मेदवारको पक्षमा खुलेर, स्वतस्फूर्त रुपमा लाग्नु भएको छ । अर्को कुरा स्थानीय तहको निर्वाचनको मत पनि हो । यहाँ हामी सत्ता गठबन्धन भन्दा १२ हजार मतले अगाडी छौँ । यसकारण जित्नेमा ढुक्क छौं । 
राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय महाधिवेशनपछि जब राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी अगाडि बढ्यो, त्यसपछि राप्रपामा एउटा नयाँ खालको उत्साह–उमंग बढेको छ । 

यस क्षेत्रको विकासका लागि तपाईका योजना के के छन् ? 
नेपालको समृद्धिको आधार कृषि र पर्यटन नै हो । हामी प्रदेश सरकार र संघीय सरकारको पहलमा कृषि केन्द्रित ठूला योजना यस क्षेत्रमा ल्याउने छौं । ताकी यस क्षेत्रका कुनै पनि किसान समस्यामा अल्झिन नपरोस् । सबैभन्दा बढी पर्यटक भित्रिने स्थलमार्ग बेलहिया र हवाइमार्ग अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल हो । यी ठाउँलाई सुविधासम्पन्न बनाउछौं । 

पर्यटन क्षेत्रको विकासका लागि डण्डा करिडोरलाई व्यवस्थित गरी पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, भैरहवासहितका पर्यटकीय बजारलाई रात्रिकालिन बजारको रुपमा विकास गर्ने तथा भैरहवामा मेला तथा महोत्सव सञ्चालनका लागि भैरहवा मण्डपका लागि आवश्यक पहल गर्ने योजना छ । अतिथि देवो भवःको मूल नारालाई आत्मसाथ गर्दै सेमलारमा रहेको ताल, दर्वाह पार्क, तिनाउमा ग्रिनरीका काम गर्ने योजना छन् । 

मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । उद्योग, कलकारखाना बन्द हुँदै गएका छन् । उद्योगी, व्यवसायी तथा सर्वसाधारण सडकमा आउने अवस्थामा छन् । यस्तो अवस्था अब बढ्दैन भनेर मतदातालाई कसरी विश्वस्त पार्नुहुन्छ ? 
हो, मुलुक अहिले चरम आर्थिक संकटमा छ । उद्योग, कलकारखाना तथा व्यवसाय दिनानुदिन बन्द भएका समाचार आइरहेका छन् । आम नागरिक भएको रोजीरोटी समेत गुम्ने अवस्थामा छन् । अहिलेको सरकारको गलत नीतिका कारण आज उद्योगी व्यवसायीले यस्तो अवस्था झेल्नु परेको हो । सरकारको गलत नीति परिवर्तन गरी सबैको हितमा हुने गरी नीति बनाउन एमाले, राप्रपा र जसपा नेतृत्व गठबन्धनका साझा उम्मेदवारलाई विजयी बनाउन जरुरी छ ।
 

प्रतिकृया दिनुहोस्

Flash News

पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो