१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

बुटवल । त्रिभुवन विश्वविद्यालय अहिले सुधारोन्मुख रहेको त्रिभुवन विश्व विद्यालयका मानविकी तथा समाजिक शास्त्र संकायका डिन प्रा.डा शिवलाल भुषालले बताएका छन् । बुटवल बहुमुखी क्याम्पसको ४७ औँ स्थापना दिवसको अबसरमा शुक्रबार आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले विगतमा भएका कमि कमजोरीहरुबाट पाठ सिक्दै त्रिवि अगाडी बढेको बताए । साथै उनले वुटवल क्याम्पसले जुनसुकै संकायको कार्यक्रम पनि थप चाहेको खण्डमा आवश्यक सहयोग गर्न त्रिवि तयार रहेको बताए ।

Advertisement

त्यस्तै विशिष्ठ अतिथि तथा नेपाल प्राध्यापक संघका केन्द्रिय सभापति डा. बुद्ध बहादुर थापाले अहिले पनि प्रध्यापकहरुका विभिन्न समस्या रहेकाले प्राध्यापक संघको सभापति भएसँगै त्यसलाई व्यवस्थीत तरीकाले समाधान गर्नका लागि आफू लागि परेको बताए । साथै उनले बुटवल बहुमुखि क्याम्पसले प्रदेश ५ को विश्वविद्यालयका लागि आवश्यक पर्ने पूर्वाधारको व्यवस्था गर्न नसके बताउँदै विश्व विद्यालयको लागि आवश्यक पूर्वाधारको निमार्ण गर्न आग्रह गरे । कार्यक्रममा क्याम्पस प्रमुख शखिशरण सुवेदीले आफू क्याम्पस प्रमुख भएदेखि नै क्याम्पसमा शैक्षिक एवं भौतिक सुधारका लागि लागि परेको बताउँदै क्याम्पसमा भएका कमी कमजोरी सुधार गर्दै अगाडी बढ्ने बताए । साथै ती काम गर्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले क्याम्पसमा अहिलेबाट स्नातक तहमा बिबिए कार्यक्रम थप भएको भन्दै आगामी दिनमा अन्य नयाँ कार्यक्रम सञ्चालन गर्ने बताए ।

क्याम्पसको ४७ औँ स्थापना दिबसको अबसरमा आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघ वुटवल बुहुमुखी क्याम्पसका इकाई अध्यक्ष लक्ष्मण कार्की, राष्ट्रिय प्राध्यापक संघका क्याम्पस इकाई अध्यक्ष यज्ञमूर्ति पाण्डे, नेपाल प्रगतीशील प्राध्यापक संगठनका क्याम्पस अध्यक्ष तथा स्नोत्तकतर कार्यक्रम संयोजक प्रा.डा.अरुण कुमार क्षेत्री, त्रि.वि कर्मचारी संघ क्याम्पसका अध्यक्ष फर्सुराम घिमिरे, पूर्व क्याम्पस प्रमुख शिब प्रसाद ज्ञवाली, व्यवस्थापन समिति सदस्य तथा पूर्व स्ववियु सभापति बाबुराम पन्थी, व्यवस्थापन समिति सदस्य मुक्तिराज पौडेल, नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सभापति दिनेश पौडेल, नयाँ शक्ति विद्यार्थी युनियनका कार्यवाहक अध्यक्ष बसन्त आचार्य, अखिल छौँठोका अध्यक्ष सागर बेल्वासे लगायतले मन्तवय राखेका थिए ।

क्याम्पसको ४७ औँ स्थापना दिवसको अबसरमा छात्रछात्र भलिबल प्रतियोगिता, म्याराथुन दौड , हाजिरजबाफ, गजल ,वक्तृत्वकला, प्रध्यापक, कर्मचारी र बिद्याथीहरुबिच मैत्रिपूर्ण फुटबल, छात्रा कुर्ची दौड, रक्तदान र सरसफाई कार्यक्रम भएका थिए । कार्यक्रममा विभिन्न खेलकूदमा प्रथम, द्वितीय र तृतीय भएका भएका बिद्यार्थीहरुलालाई प्रमुख अतिथि शिवलाल सुवेदी, विशिष्ठ अतिथि बुद्ध बहादुर थापा र क्याम्पस प्रमुख शखिशरण सुवेदीले पुस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । क्याम्पसले स्थापना दिवसको अवसरमा आन्तरिक परीक्षामा संकायगत रुपमा प्रथम भएका विद्यार्थीहरुलाई समेत पुस्कार वितरण गरीएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी !