ताजा अपडेट »

चिच्याएर वर माग्ने सत्यवती मेलाको तयारी (फोटो फिचर)

सोमबार, १४ कार्तिक २०७९, १८ : ४८
47 Shares

बुटवल । ‘चिच्याएर वर माग्ने मेलॉ भनेर चिनिने पाल्पाको सत्यवती मेलाको तयारी पूरा भएको छ । हरेक वर्षको कार्तिक पूर्णिमाका दिन लाग्ने धार्मिक मेला यस वर्ष कार्तिक १८ देखि २२सम्म लाग्दै छ । तिनाउ गाउँपालिका–४ मा रहेको सत्यवती ताल र सत्यवती मन्दिरमा लाग्ने उक्त मेलाको तयारी बारे समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । समितिले आइतबार पहिलो पटक मन्दिर तथा ताल परिषरमै पत्रकार सम्मेलन गरी कार्तिक १८ देखि २२ गतेसम्म ४ दिन लाग्ने मेला र तयारी बारे जानकारी गराएको हो । सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा मात्र माग्नुपर्ने जनविश्वास छ । रातिको समयमा मन्दिरमा पूजा गर्नुअघि ताल परिक्रमा गर्दा चिच्याउँदै वर माग्ने चलन रहेको स्थानीयबासीको भनाई छ ।-तस्वीर : ग्लोबल आवाज

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।