ताजा अपडेट »

रुपन्देही–२ मा एमालेका उपाध्यक्ष पौडेल र गठबन्धनका गुरुङ भिड्ने

आइतबार, २३ असोज २०७९, १९ : ४१
23 Shares

बुटवल । आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ मा रुपन्देही क्षेत्र नं. २ मा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल र गठबन्धनका राजु गुरुङबीच प्रतिष्पर्धा हुने भएको छ । उम्मेद्वारद्वयले आइतबार उम्मेद्वारी दर्ता गराएका छन्

पौडेललाई राप्रपाको पनि समर्थन छ भने एकिकृत समााजवादीका गुरुङ नेपाली कांग्रेस,माओवादी,समाजवादी र जनमोर्चाको गठबन्धनबाट प्रतिष्पर्धा गर्दैछन् । पौडेल यस अगाडि यसै क्षेत्रबाट लगातार निर्वाचन जित्दै आएका छन् । गुरुङ पौडेललाई जिताउन भूमिका खेल्ने एमालेका पूर्व नेता हुन् ।

तत्कालिन प्रधानमन्त्री,एमाले अध्यक्षले संसद विघटन गरेपछि उनी माधव नेपाल समूह, हालको एकिकृत समाजवादीका नेता हुन् ।
निरन्तर निर्वाचन जित्दै आएका पौडले सत्तारुढ गठबन्धनको आड भएका गुरुङबीचको प्रतिष्पर्धालाई चासो र रोचकपूर्ण तवरले लिइएको छ । एमाले फूटको असरमा रहेका पौडेललाई सत्तारुढ गठबन्धनका उम्मेद्वार हुनाले त्यति सहज छैन ।

यता आफ्नो जनाधार न्यून भएको समाजवादीका गुरुङलाई पनि अन्य दलको पूर्ण समर्थन हुने नहुनेमा पूर्ण भर भने छैन । यद्यपी २ कम्यूनिष्ट नेताको प्रतिष्पर्धाले रुपन्देही २ को निर्वाचन ध्यान केन्द्रित गर्नेछ । हेवि वेट भएका पौडेलसँगै स्थानीयस्तरमा प्रतक्ष्य जनसम्पर्क भएका गुरुङको प्रतिष्पर्धाले रुपन्देही– २ मा धेरैको चासो रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।