ताजा अपडेट »

लुम्बिनीसम्मको धम्म यात्राले रामग्रामबासी हर्षित

विहीबार, १३ असोज २०७९, १५ : ३७
6 Shares

परासी । लुम्बिनीमा थन्किएका बिद्युतीय बसहरू पश्चिम नवलपरासीको रामग्राम स्तूपासम्म आएपछि रामग्रामका बासिन्दाहरु खुसी भएका छन् । महामानव गौतम बुद्धको अस्तु भएको रामग्राम स्तूपा प्रचारप्रसार र प्रवर्द्धन हुने भएकाले स्थानीय बासिन्दा हर्षित भएका छन् ।

स्थानीय प्रशासनको नेतृत्व र समन्वयमा बस सन्चालन हुने भएको हो । नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले रूट नं १ को एउटा बस लुम्बिनबाट दैनिक २ पटक रामग्राम आउने र भैरहवा फर्कने जानकारी दिए । निःशुल्क यात्रु बोक्ने उक्त बस सशस्त्र प्रहरीले चलाउने भएको छ । यसबाट रामग्रामका बासिन्दाले विजयादशमी अवधिमा निशुल्क यात्राको लाभ उठाउन र लुम्बिनी धुम्म जान समेत आग्रह गरेका छन् । रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले यस विषयमा बारम्बार लुम्बिनी बिकास कोषमा आवाज उठाउँदै आएको बताए ।

लुम्बिनीसंगै रामग्राम स्तूपा प्रचारप्रसार गर्न र लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर बिजुली बस सेवा सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गरेका छन्। साथै यादवले रामग्राम स्तूपको विकास गर्न कि त स्थानीय तहलाई दिनुपर्ने अधिकार नदिने हो भने यसको विकास गर्न लुम्बिनी बिकास कोषको अगाडी बढ्न आग्रह गरेका छन् । विहिबार लुम्बिनीबाट भैरहवाहुँदै परासीबाट हर्षोल्लासका साथ विकासको सम्भावना बोकेको रामग्राम स्तूपासम्म बिद्युतीय बस चढेर रामग्राम स्तुपामा पुगी स्तुपाको अवलोकन गर्न पाउँदा अत्यन्तै खुसी लागेको रामग्राम नगरपालिकाका नगर उपप्रमुख सम्झना चौधरी बताइन् ।

धम्म यात्राबम बिजुली बसमा जिल्ला समन्वय प्रमुख भगौती यादव, प्रहरी प्रमुख उपरीक्षक ऋषिराम कंडेल सञ्चारकर्मी लगायत बिद्युतिय बसमा चढेर स्तुपासम्म पुगेका थिए ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल