ताजा अपडेट »

शशी नेपालको प्रस्तुतीमा सरकारलाई खबरदारी (भिडियोसहित)

बुधबार, २५ मंसिर २०७६, १७ : ०९
4 Shares

मंसिर २५,
ग्लोबल आवाज

बुटवल । सञ्चारकर्मी शशी नेपालको प्रस्तुतीमा देशमा भइरहेका बेथिति विसंगतिमाथि प्रहार गर्दै तयार पारिएको लोकदोहारी गित सार्वजनिक भएको छ । प्राइम टाइम्स टेलिभिजनमा समाचार वाचिकाको रुपमा कार्यरत नेपालले गितकार अविरल विसी र संगितकार खेम सेञ्चुरीसंगको सहकार्यमा राष्ट्रियता झल्किने गित तयार पारेकी हुन् ।

माया, प्रेम, विछोड, सामाजिक परिवेश आदिलाई समावेश गरेर तयार पारिने गरेको सन्दर्भमा आफुले पछिल्लो समय देश र जनतालाई परेको मर्का समावेश गरेको नेपालले बताइन् । अन्य कलाकारहरुको समेत आवाज समेटिएको गितमा नेपालको सिमा मिचिएको विषय, एनसेललाई कर छुट दिइएको विषय, निर्मला पन्त प्रकरण, वाइडबडी काण्ड, वालुवाटारको जग्गाकाण्ड, नेताहरुको गैरजिम्मेवारीपन र विलासी जीवनमाथि कटाक्ष गर्दै सशक्त ढंगले उठान गरिएको छ । भ्रष्टाचार, कुशासन र दण्डहिनताको अन्त्य गर्नका लागि प्रेरणा मिलोस् भन्ने उद्धेश्यले गित तयार पारिएको प्रस्तुतकर्ता नेपालले बताइन् ।

गितको भिडियोसहित सार्वजनिक भए पछि नेपालले भनिन, “यस्ता सन्देश दिने गितहरु विगतमा पनि नबनेका होइनन्, कतिपय गितलाई त विवादमा पनि ल्याइयो । तर विवादमा ल्याउनु भन्दा पनि मनन गर्नतर्फ ध्यान जाओस भन्ने मेरो चाहना हो ।” उक्त गित व्यवसायिक प्रयोजनका लागि नभइ सन्देश र चेतना फैलाउनका लागि तयार पारिएको नेपालले बताइन् । विसीले लेखेका शब्द यथार्थपरक र देशका लागि थोरै भए पनि योगदान दिने खालका भएकाले गितमा लगानी गर्न आफु तयार भएको नेपालको भनाइ छ ।

धेरै राम्रा राम्रा लोक दोहोरी गितमा लय र संगित दिइसकेका खेम सेन्चुरीले यस गितलाई पनि निकै कलात्मक ढंगले तयार पारेकाले यस अघि राष्टिय भावना समावेश गरिएको गितमा मोडलिङ गरिसकेकी नेपालले यसपट आफुसहित अन्य कलाकारको स्वर समावेश गरेर दबाबमुलक गित ल्याएकी हुन् । यस अघि उनले ‘देशको माया’ बोलेको गितमा मोडलिङ गरेकी थिइन् ।

https://youtu.be/aMu_y7MzKXE


ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।