ताजा अपडेट »

ओली, माधव नेपालसहित चोलेन्द्रले नाम लिएका सबैलाई बयानका लागि बोलाउने तयारी

मंगलबार, २८ भदौ २०७९, १४ : ४२
124 Shares
मंगलबार, २८ भदौ २०७९
124 Shares

काठमाडौं । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञलाई साेधपुछका लागि बोलाउने निर्णय गरेको छ । 

मंगलबार बसेको समिति बैठकले जबराले बयानका क्रममा नाम मुछेका व्यक्तिलाई आवश्यकताका आधारमा बोलाउने निर्णय गरेको हो । जबराले बयानका क्रममा ठेक्कापट्टा, भ्रष्टाचार, अनियमितता, घुसखोरी, भनसुन, न्याय सम्पादनमा प्रभावसहितका विषयमा उल्लेख गरेका व्यक्तिलाई समितिले बोलाउने निर्णय गरेको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिए । 

जबराले एमाले अध्यक्ष केपी ओली, एमाले उपाध्यक्ष विष्णु पौडेल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, सर्वाेच्च्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, बार पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता ओमप्रकाश अर्यालसहितको नाम मुछेका थिए । जबरासँग समितिले आजै बयान लिएर सक्ने तयारी गरेकाे छ ।

गत १ फागुनमा कांग्रेस र माओवादी केन्द्रका सांसदले जबराविरुद्ध महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । उक्त प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबरासँग समितिले बयान लिने क्रम चलिरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।