ताजा अपडेट »

टिएसएलसी कार्यक्रम तत्काल नहटाउन सरोकारवालाहरुको जोड

सोमबार, २३ मंसिर २०७६, १३ : १८
6 Shares

मंसिर २३,

ग्लोबल आवाज

बुटवल । दक्ष, रोजगारमुलक जनशक्ति उत्पादनमा योगदान दिदै आएका नीजि तथा प्राविधिक शिक्षालयहरुको टिएसएलसी कार्यक्रम तत्काल हटाउन नहुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । राज्यले दिन नसकेका त्यस्ता सेवाहरु पूर्व तयारी बिना हटाइदा राज्यलाई नै घाटा पर्ने भन्दै उनिहरुले त्यस्ता कार्यक्रमहरु तत्काल हटाउन नहुने उनिहरुको जोड थियो ।

नीजि प्राविधिक शिक्षालय महासंघ र फोरम फर हेल्थ एण्ड टेक्नीकल साईन्सको आयोजानमा आइतबार बुटवलमा सम्पन्न भएको ‘समृद्धि नेपालका लागि प्राविधिक शिक्षालयको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनिहरुले राज्यले कुनै पनि नीति नियम बनाउदा बिषयबस्तुको गाम्भिर्यतालाई ध्यान दिएर बनाउनुपर्ने आवस्यकता औल्याए । राज्यले समृद्ध नेपालको नारा दिने तर स्वरोजगारमूलक र दक्ष जनशक्ति उत्पादन गर्दै आएका शिक्षण संस्थाहरुको लगानि डुब्ने खालका नीति नियम ल्याउनु आफैमा बिरोधाभाष रहेकोले त्यसलाई सच्याउनुपर्ने उनिहरुको माग थियो ।

कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्राविधिक शिक्षाको विकल्प नभएको भन्दै यसलाई अझ बढि व्यवस्थित ढंगबाट अगाडी बढाउन प्रदेश सरकार लागिपरेको जानकारी गराए । मन्त्री बरालले केन्द्र सरकार संग पनि नीजि प्राविधिक शिक्षालयहरुको भविश्यको विषयमा आफुले छलफल गरेको जानकारी दिदै आवश्यक परे ऐन नै संसोधन गरी शिक्षालयहरुलको भुमिकालाई मर्न नदिने प्रतिवद्धता जनाए । नीजि शिक्षालय र सरकारीस्तरबाट सञ्चालन भएका शिक्षालयहरुको वीचमा एक आपसमा गुणस्तर सुधारको लागि प्रतिष्पर्धा गर्नुपर्ने भन्दै मन्त्री बरालले राज्यले निजी प्राविधिक शिक्षालयमा भएको लागानिको सुरक्षा गर्ने बताए ।

दक्ष जनशक्ति उत्पादनको लागि यसमा सबै निजी प्राविधिक शिक्षालयहरु र फोरम फर हेल्थ साईन्स अन्र्तगतका प्राविधिक शिक्षालयहरु समेत विशेष ध्यान दिनुपर्नेमा उनको जोड थियो ।
प्रदेश नं ५ का प्रदेशसभा सदस्य डा.पुरन बज्राचार्यले जिल्ला जिल्लामा स्वास्थ्य शिक्षा अध्यापन गराइरहेका शिक्षण संस्थाहरुलाई अफ्ठेरो पर्ने गरी ऐन आएको भन्दै सो ऐन कार्यान्वयन भए ति संस्थाहरु बन्द हुने बताए । समृद्धिको नारा दिने सरकारले समृद्धिका संवाहक संस्थाहरुलाई अफ्ठेरो पर्ने खालका नीति नियम ल्याउन नहुनेमा उनले जोड दिए ।

कार्यक्रममा निजी प्राविधिक शिक्षालय महासंघ प्रदेश ५ का अध्यक्ष अर्बिन चन्द्र आचार्य, फोरम फर हेल्थ एण्ड टेक्नीकल साईन्सका केन्द्रीय सदस्य चिरन्जीवि जोसीले अवधारणा पत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नीजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ५ का अध्यक्ष अरुण कुमार पाण्डे, नीजि प्राविधिक शिक्षालय महासंघका केन्द्रीय सदस्य त्रिलोचन पौड्याल लगायतले आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सिटिईभिटीका प्रशासन महाशाखा निर्देशक जीवनारण काफ्ले, सिटीईभिटी प्रदेश ५ का प्रमुख अरविन्द्र कुमार चौधरी, नीजि प्राविधिक शिषालयम महासघका केन्द्रीय अध्यक्ष मोहन झा, संस्थापक अध्यक्ष दुर्गा उप्रेती, फोरम फर टेक्नीकल एण्ड हेल्थ साईन्सका केन्द्रीय महासचिव सुनिल चालिसे, नीजी प्राविधिक शिक्षालय महासंघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बसन्त राज खनाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा फोरम फर हेल्थ एण्ड टेक्नीकल साईन्स प्रदेश ५ का अध्यक्ष प्रकाश रानाको अध्यक्षता, नीजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ५ का अध्यक्ष अरुण कुमार पाण्डे,को स्वागत र नीजी प्राविधिक शिक्षालयका महासंघ प्रदेश ५ का सचिव द्रोण प्रसाद भुषालकको सञ्चालनमा भएको थियो ।

नीजी प्राविधिक शिक्षालय महासंघ प्रदेश ५ का सदस्य डिपी खनालले दक्ष, रोजगारमुलक जनशक्ति उत्पादनमा योगदानदिदै आएका नीजि तथा प्राविधिक शिक्षालयहरुको टिएसएलसी कार्यक्रम हटाउने सरकारी निर्णयबारे कार्यक्रमका सहभागीहरुले व्यापक बिरोध गरेको जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।