ताजा अपडेट »

सकियो पुस्तक प्रदर्शनी: ८ हजारले गरे अवलोकन, ४ लाखका पुस्तक बिक्री

आइतबार, २२ मंसिर २०७६, १८ : २२
12 Shares

मंसिर २२,

ग्लोबल आवाज

बुटवल । प्रगतिशील लेखक संघ नेपाल रुपन्देहीले आयोजना गरेको बुटवल साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी आइतबार सकिएको छ । २० गतेदेखि शुरु भएको पुस्तक प्रदर्शनीमा ८ हजार जनाले अवलोकन गरेका छन् । बुटवलमा पहिलो पटक नयाँ प्रकृतिको साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीमा करिव ४ लाखका पुस्तकहरु बिक्री भएको आयोजक संस्थाका अध्यक्ष दलबहादुर गुरुङले बताए । पाठ्यक्रम बाहेकका साहित्य, कला, संस्कृति र संगीतसंग सम्बन्धित पुस्तकहरु प्रदर्शन गरिएको थियो ।

यस क्षेत्रमा साहित्य अनुरागीहरुको संख्या बढेपनि पठन संस्कृति कमजोर भएकाले पठन संस्कृतिको विकास गर्ने उद्वेश्यले पुस्तक प्रदर्शनीको आयोजना गरिएको हो । विशेष गरेर नयां पुस्तामा पठन संस्कृति बढी भन्दा बढी आवद्वता गराउने उद्वेश्यले बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीको आयोजना गरिएको सचिव श्यामलाल पोखरेलले बताए । पुस्तक प्रदर्शनी उत्साहा पूर्वक सम्पन्न भएको र साहित्यप्रति नयां पुस्ता आर्कषित बनेको सचिव पोखरेलले बताए ।

उक्त पुस्तक प्रदर्शनीमा साहित्य, कला, संस्कृति, संगीत, नारी चेतना, ईतिहांस, बालसाहित्य, प्रगतिशीलता, स्वास्थ्य, शहरलगायत विभिन्न दुई दर्जन विषयमा चर्चा गरिएको थियो । विभिन्न विषसंग सम्बन्धित क्षेत्रका जनप्रतिनिधि तथा प्रदेश मन्त्री, साहित्यकार, लेखक, स्तम्भकार, सामाजिक अभियान्ताहरुले चर्चा गरेका थिए ।

प्रदर्शनीको पहिलो दिन प्रदेश पांचका मन्त्री सुदर्शन बराल, घनश्याम कोईराला, डाक्टर राजेन्द्र खनाल, जंगबहादुर शाहा र दोस्रो दिन रामचन्द्र श्रेष्ठ, प्राध्यापक दिल साहानी, प्राध्यापक हुमाकान्त पाण्डेय, डाक्टर मुरारि पराजुली, विमलबहादुर शाक्यले विभिन्न विषयमा चर्चा गरे । त्यस्तै अन्तिम दिन सहप्राध्यापक ऋषिराम भुसाल, प्राध्यापक डाक्टर कपिलदेव लामिछाने, डाक्टर लक्ष्मी पोखरेल र बुटवल उपमहानगरपालिकाकी उपमेयर गोमादेवी आचार्य लगायतले विभिन्न विषयमा चर्चा गरेका थिए ।

प्रलेस रुपन्देहीका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न पुस्तक प्रदर्शनीमा प्रलेसका केन्द्रिय अध्यक्ष, केन्द्रिय सदस्यहरु र प्रलेस प्रदेशका पदाधिकारीहरको सहभागिता रहेको थियो । तीन दिनसम्म चलेको उक्त साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीमा यस प्राज्ञा बुंद राना, बरिष्ठ आख्यानाकार जंगबहादुर शाहा, मिनबहादुर राना लगायत यस क्षेत्रका साहित्यकारहरुले गीत, गजल, कविता, वाचन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।