ताजा अपडेट »

कक्षा १२ को कानून संकायतर्फ बुटवलस्थित काालिका मानवज्ञानकी प्रशंसा नेपाल प्रथम भएको दावी

शुक्रबार, १७ भदौ २०७९, २२ : ०९
37 Shares

बुटवल । कक्षा १२ को कानून संकायतर्फ बुटवलस्थित काालिका मानवज्ञानकी प्रशंसा पाण्डे नेपाल प्रथम भएको विद्यालयले दावी गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा हालसम्म प्रशंसाकै नतिजा अगाडि रहेको बताउँदै कानून संकायमा आफ्नो विद्यायलय प्रथम भएको विद्यालयले दावी गरेको हो ।

विद्यालयकी छात्रा पाण्डेले ३.८४ जिपिए प्राप्त गरेको र सो सरह वा बढी अन्य विद्यार्थीले प्राप्त गरेको बारे जानकारी नभएको विद्यालयका कानून संकायका संयोजक युवराज कंडेलले बताए ।

यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ ।

गत जेठ १५–२५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार ८ जना र ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना गरेर जम्मा ३ लाख ९६ हजार १ सय ८५ जना परीक्षार्थी सहभागी भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।