८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

मंसिर २२,
ग्लोबल आवाज

Advertisement

बुटवल । भैरहवा लुम्बिनी सडक खण्डमा धुलो नउड्ने गरी सडकको सुधार हुने भौतिक योजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङले दाबी गरेका छन् । नयाँ बर्ष २०७७ शुरु हुनु अगावै भैरहवा लुम्बिनी सडक खण्डमा धुलो नउड्ने हुने दाबी गरेका नेम्वाङ्गले काममा ढिलाई गर्ने जो कसैलाई कारवाही गर्ने बताए । भैरहवाको बुद्ध चोकदेखि लुम्बिनीसम्मको बाटो तत्काल बनाउन निर्देशन दिएको बताउँदै वैशाख महिना शुरु हुनुभन्दा अगाडि बाटोको काम सम्पन्न हुने उनको भनाई रहेको छ । काममा आलटाल गरे कारबाही गरिन समेत उनले चेतावनी दिए ।

प्रेस संघठन रुपनदेहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नेम्वाङ्गले काम हुन नसकेका आयोजनाका बिषयमा पुनर्विचार गरिने पनि बताए । शुक्रबार गैडहवा गजेडि जोड्ने कन्चन नदिको पुल उद्घाटन गरेका मन्त्री नेम्वाङले रुपन्देहीमा निर्माणाधिन त्यस्ता पुल ३५ वटा पुल यसै बर्ष निर्माण सम्पन्न हुने दाबी गरे । सिद्धबाबा क्षेत्रमा सुरुङ्ग बनाउन डिपिआर निर्माण सम्पन्न गरिसकेको र अबको एक महिनाभित्र टेन्डर खुलाउने तयारि भईरहेको उनले जानकारी दिए ।

उनले बेलहिया बुटवल चार लेन सडक चार महिना भित्र सक्न अन्तिम निर्देशन दिएको पनि बताए । पत्रकार भेटघाटमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बुटवल पश्चिमको सडक बिस्तारको काम यसै बर्ष हुने दाबी गरे । उनले भैरहवा लुम्बिनी सडक खण्डमा निर्माणाधिन पुलमध्ये २ वटा पुल बन्न नसकेकोले ती पुलको ठेक्का तोड्ने तयारी भएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’