ताजा अपडेट »

न्यू भिजनका विद्यार्थीलाई टपरी गाँस्ने शिक्षा

शुक्रबार, २० मंसिर २०७६, १८ : २१
4 Shares

मंसिर २०,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको वुटवल–१२, तामनगरमा रहेका एवेनेजर एण्ड न्यू भिजन सेकेण्डरी स्कूलले आफ्नो अतिरिक्त क्रियाकलाप अन्र्तगत विद्यार्थीहरुको व्यवहारिक सिकाईलाई उकास्ने उद्देश्यले एक दिने टपरी गाँस्ने तालिम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रवन्ध निर्देशक मनोज वस्नेतले कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी गराएर आयोजना गरिएको यस किसिमको व्यवहारिक सिकाईले बालबालिकाहरुमा रहेको सृजनात्मक क्षमतालाई बृद्धि गराउने र विद्यालयमा यस्ता कार्यक्रमलाई अझ बढि प्रोत्साहन दिनुपर्ने बताए । उनले विद्यार्थीहरुलाई किताबि ज्ञान मात्र नभई व्यवहारिक ज्ञानको सिकाई पनि महत्व रहने भएकोल रचनात्मक तथा सृजनात्मक सिकाइलाई अघिबढाई विद्यार्थीहरुको चौतर्फी विकासका लागी विद्यालयले कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।

कार्यक्रम विद्यालयको प्राचार्य केशव श्रीसको अध्यक्षता विद्यालयका सहायक प्राचार्य कमल खनालले स्वागत मन्तव्य र इसिए इन्चार्ज बालकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।