ताजा अपडेट »

तिनाउ बोडिङ्गमा बिबिध कार्यक्रम सम्पन्न

शुक्रबार, २० मंसिर २०७६, १६ : ५७
64 Shares

मंसिर २०,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको बुटवल- ११ देवीनगरस्थित तिनाउ ई बोडिङ्ग स्कुुलमा नियमित साप्ताहिक अत्तिरीक्त क्रियाकलापहरु अन्र्तगत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । जस अन्र्तगत तिनाउ इङ्गलिस सोसाईटीको आयोजनामा कक्षा (५-९) को अंग्रेजी निवन्ध लेखन प्रतियोगीता, तिनाउ क्वीज क्लवको आयोजनामा सदन स्तरीय जुनियर हाजिरी जवाफ प्रतियोगिता तिनाउ तथा प्रि पाइमेरि तहमा हस्तलेखन प्रतियोगिता सम्पन्न भएका छन् ।

शुक्रबार भएका विभिन्न कार्यक्रमहरुमध्य कक्षा (५-९)को अंग्रेजी निवन्ध लेखन प्रतियोगीतामा कक्षा ८ स्टार देखी वर्षा पौडेल प्रथम, कक्षा ८ सन देखी सरस्वती खनाल द्धितिय र कक्षा ९ सन देखी मुस्कान भण्डारी तृतीय हुन सफल भएका थिए भने सदन स्तरीय जुनियर हाजिरी जवाफ प्रतियोगितामा माछापुुच्छ्रे सदन निरज अर्यालको समुह प्रथम, कञ्चनजङ्गा सदन साहील रानाको समुह द्धितिय र सगरमाथा सदन साहिल रिजालको समुह तृतिय स्थान हुन सफल भएका थिए ।

त्यस्तैगरी प्रि पाइमेरि तहमा भएको हस्तलेखन प्रतियोगिता कक्षा नर्सरी स्टार देखी वृन्दा महत, नर्सरी सन देखी आशिका घिमिरे, नर्सरी मुन देखी जवीस खत्री र नर्सरी रोज देखीक प्रियान्जन गैतम प्रथम, एल.के.जी स्टार देखी स्निधा श्रेष्ठ, एल.के.जी सन देखी अलिस्मा अधिकारी, एल.के.जी मुन देखी साइरस सर्मा र एल.के.जी रोज देखी इभान्जेलीना रसाली प्रथम त्यस्तैगरी यू.के.जी स्टार देखी ज्याक्सन दुधराज, यू.के.जी सन देखी अमृता तामराकार, यू.के.जी मुन देखी सेलीसा राना र यू.के.जी रोज देखी सिम्रन भट्टराई प्रथम हुन सफल भएका थिए ।

उक्त प्रतियोगीहरुलाई प्रथम, द्धितीय र तृतीय स्थानमा पर्न सफल प्रतियोगीहरुलाई विद्यालयका अध्यक्ष यज्ञमूर्ति पाण्डेज्यूले पुरस्कार तथा अभिरले सम्मान गरेको विद्यालयका सहप्रचार्य ईश्वरीप्रसाद पाण्डेले दिए । विद्यालयकी प्राचार्य सिता पाण्डे पाण्डेको सभापतित्वतामा सम्पन्न विभिन्न प्रतियोगिताहरुमा विद्यालयका अतिरीतm क्रियाकलाप तिनाउ इङ्गलिस सोसाईटीको इन्चार्ज वेद प्रसाद न्यौपाने, तिनाउ क्वीज क्लवकी इन्चार्ज कृस्टिना पौड्याल, र्नसरी इन्चार्ज लिला शर्मा , एल.के.जी र यूू. के.जी इन्चार्ज हेमकुुमारी थापा लगाएतले समायोजन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।