ताजा अपडेट »

नेपाल-भारत सीमा क्षेत्रमा झाडापखालाका बिरामी बढे : एक जनाको मृत्यु, तीन गम्भीर

शुक्रबार, ०३ भदौ २०७९, २० : ५४
46 Shares
शुक्रबार, ०३ भदौ २०७९
46 Shares

दाङ । नेपाल भारत सीमाक्षेत्र राजपुरमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ । अन्य १७ जना बिरामी भएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था भने गम्भीर रहेको छ ।

झाडापखालाको प्रकोप फैलिएको खबरपछि गाउँपालिकाले आजै पालिकाका स्वास्थ्य टोली खटाइसकेको र आफू पनि प्रकोपस्थलमै रहेको गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले बताए । झाडापखालाबाट पालिका ७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षीया सम्झना परियारको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

प्रहरी समेत परिचालन भएको छ । झाडापखाला राजपुर गाउँपालिका ७ भैसाहीँनाका पलानगौरीकी ९ वर्षीया अस्मिता बुढा, २८ वर्षिय लालमति परियार, उनकी ३ वर्षीया छोरी सपना गम्भीर बिरामी भएका छन् । स्थिति भयाबह हुन नदिन जिल्लामा डाक्टरसहितको टोली तयारी अवस्थामा राखेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।