ताजा अपडेट »

अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती

मंगलबार, ३१ साउन २०७९, २३ : ०३
29 Shares

झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ । जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ । 

विसं २०३३ मा एक सय तीन कर्मचारीको दरबन्दी रहेकामा हाल उक्त सङ्ख्या घटेर ४५ पुगेको छ । उक्त समयमा अस्पताल ५० शय्याको थियो भने हाल एक सय ३४ शय्याको छ । जनशक्ति अभावपछि बिरामी मारमा छन् । सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेपछि झन् धेरै जनशक्ति अभाव खड्किएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट टङ्क बाराकोटीले बताए । 

मेची प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएपछि सेवाग्राहीको चाप अझ बढ्दै गएको छ । अस्पतालमा दैनिक औसत आठ सय जनाले बहिरङ्ग सेवा (ओपिडी) लिँदै आएका छन् । अस्पतालमा विभिन्न कार्यक्रम बढेसँगै बेड पनि बढ्दै गएको बाराकोटीले बताए । अस्पतालमा छात्रवृत्ति, करार र अन्य गरी २८ चिकित्सकले सेवा दिइरहेका छन् ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।