ताजा अपडेट »

लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो

मंगलबार, ३१ साउन २०७९, १६ : ३६
13 Shares

बुटवल । लुम्बिनी प्रदेशमा लामो समयसम्म विद्युत महशुल नतिर्ने २७ हजार बढी उपभोक्ताको लाइन काटिएको छ । विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय बुटवलका अनुसार विद्युत् उपभोग गरेपनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने २७ हजार ५७६ ग्राहकको लाइन काटिएको हो ।

जसमध्ये २३ हजार ५७६ उपभोक्ताले महुशल बुझाएर पुनः विद्युत जडान गरेको नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रदेशका प्रमुख नवराज ओझाले जानकारी दिए । लाइन काटिएका उपभोक्ताबाट ५७ करोड ३१ लाख महशुल उठाउनु पर्नेमा पुनः लाइन जडान गर्ने ग्राहकबाट जरिवाना रकम गरी ५८ करोड ९५६ हजार महशुल उठेको ओझाले बताए ।

प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा १६ लाख ८२ हजार २६७ मेगावट आवर विद्युत खपत भएको थियो । जसबाट १५ अर्ब ९३ करोड १६ लाख ३१ हजार महुशल उठेको लुम्बिनी प्रदेशका प्रमुख ओझाले बताए । गत वर्ष प्रदेशमा विद्युत चुवाहट ११.८९ प्रतिशत रहेको उनले बताए । लुम्बिनीमा ३७ वटा सवस्टेशन रहेका छन् भने ९ हजार ६२६ टान्समिटर रहेका छन् ।

साथै प्रदेशमा ३३ केभि लाइन २ हजार ३४२ किलोमिटर, ११ केभिको ७ हजार ३६३ किलोमिटर र एलटि लाइन २४ हजार २६८ किलोमिटर रहेको छ भने प्रदेशभा ८ लाख ८६ हजार ६१० घरधुरीले विद्युतको प्रयोग गरेका छन् ।

यी हुन प्रदेशमा धेरै महशुल तिर्ने
लुम्बिनी प्रदेशमा सबै भन्दा महशुल तिर्ने उद्योगमा अम्बे स्टिल्स, अर्घाखाँची सिमेन्ट र लक्ष्मी स्टिल्स रहेका छन् । अम्बे स्टिल्सले आर्थिक वर्ष २०७८/०७९ मा ४८ करोड ५ लाख ६५ हजार विद्युत महशुल तिरेको छ ।

सो उद्योगले ५ करोड ३१ लाख २० हजार ८२७ युनिट विद्युत खपत गरेको थियो । अर्घाखाँची सिमेन्टले ४२ करोड १० लाख ६ हजार महशुल तिरेको छ । सो सिमेन्टले ५ करोड ६४ लाख ६१ हजार ३५३ युनिट विद्युत खपत गरेको थियो । यस्तै लक्ष्मी स्टिल्सले ३९ करोड ५७ लाख ४२ हजार ४५९ रुपैयाँ महशुल तिरेको थियो भने ४ करोड ४२ हजार १२ हजार १६६ युनिट विद्युत खपत गरेको थियो ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।