ताजा अपडेट »

नहरपुर मा.वि.मा स्वर्ण महोत्सवः पूर्वसन्ध्यामा र्याली (फोटो फिचर)

विहीबार, १९ मंसिर २०७६, १७ : ४२
47 Shares

मंसिर १९,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको बुटवल ११ नहरपुरमा अवस्थित नहरपुर माध्यमिक विद्यायको सप्ताहव्यापी स्वर्ण महोत्सव अन्तरगत विहिबार विद्यालयमा सरस्वतीको प्रतिमा प्रतिस्थापनसहित र्यालीको आयोजना गरेको छ । विद्यालयमा प्रतिमा प्रतिस्थापन तथा र्यालीको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उप मेयर गोमा आचार्यले विद्यालयले नगरको शैक्षिक प्रगतिमा महोत्वपूर्ण भूमीका खेलेको उल्लेख गरिन् ।

विद्यार्थी तथा विभिन्न दर्जन बढी संघ संस्थाहरुको उपस्थिती सहित विद्यालयबाट सुरुभएको र्याली नयाँबजार, कैलाश नगर, पदमपुर, पत्थरगञ्जा, मोतिनगर चोक, नहरपुर, रानीगञ्ज, सिर्जना नगर, बुद्धनगर, भगवती टोल, न्यू दुर्गानगर, बेलबास, झोलुङ्गे पुल तथा तारापुरहुँदै पुन विद्यालयमा आई समापन भएको थियो । र्यालीमा सहभागी हरियाली आमा समुह बुटवल–१४÷१९ प्रथम, नयाँ बजार आमा समूह बुटवल १४ र तमु ह्यूल छोज धी गुरुङ राष्ट्रिय परिषद बुटवल ११ नहरपुर दोस्रो तथा नहरपुर आमा समूह बुटवल ११, मिलिजुली आमा समूह पत्थरगञ्ज तथा सहनशील आमासमुह बुद्धनगर तेस्रो भएका छन् । र्यालीमा सहभागी प्रथम संस्थाले नगर ३ हजार, दोस्रो समूहले दुई तथा तेस्रो समूहले एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने विद्यालयका आशिष सूर्यवंशीले जानकारी गराए ।

डि बी गुरुङको संयोजकत्वमा रणबहादुर थापा, लिला बहादुर थापा, कृष्ण रेग्मी तथा पत्रकार महासंघ रुपन्देहीका सचिव आर.पी. आचार्य सदस्य रहनेगरी ५ सदस्यीय र्याली मूल्याङ्कन समिती गठन गरिएको थियो । विजेता संस्थाहरुलाई आगामी मंसिर २७ गते मूल समारोहका बीच पुरस्कार वितरण गरिने विद्यालयका प्रधानाध्यापक धनिश्वर गौतमले बताए । साताव्यापी कार्यक्रम अन्तरगत भोलि शुक्रबार नगर स्तरिय छात्राहरु बीच एक हजार मिटर दौड, विद्यालयको अन्तर सदनात्मक बक्तृत्वकला प्रतियोगिता, फास्ट टाइपिङ प्रतियोगिता, हिज्जे प्रतियोगिता, नेपाली शब्द अन्ताक्षरी, भलिबल प्रतियोगिताको प्रथम चरणका खेल हुने विद्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।