ताजा अपडेट »

थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

आइतबार, २९ साउन २०७९, १७ : २७
30 Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२९  जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ३०५ तथा एन्टिजेन विधिबाट १५० जनामा गरी ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा ३०२ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ४३५ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।