ताजा अपडेट »

संक्रमित संख्या बढ्दै : २ जनाको मृत्यु, ७८१ जना थपिए

शुक्रबार, २७ साउन २०७९, १८ : ३५
30 Shares
शुक्रबार, २७ साउन २०७९
30 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ७१२ कोरोना परीक्षण गर्दा ७८१ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

दुई हजार २९०को पीसीआर परीक्षण गर्दा ४१९ र दुई हजार ४२२ एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । सोही समयमा काठमाडौंमा २१२, भक्तपुरमा १९ र ललितपुरमा ६३ गरी काठमाडौं उपत्यकामा २९४ जना सङ्क्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ५११ जना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७७५ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये पाँच हजार ५६५ जना होम आइसोलेसनमा, २१० जना संस्थागत आइसोलेसनमा छन् । 

संस्थागत आइसोलेसनमा रहेका मध्ये ६३ जना आइसियू र आठजना भेन्टिलेटरमा उपचाररत  छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुईजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ८०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना महामारी सुरु भएदेखि हालसम्म ११ हजार ९८४ जनाले सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।