९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

भैरहवा । भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजले आज देखी विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । मृगौला रोग सम्बन्धि, मुत्र रोग सम्बन्धि, न्यूरो शल्यचिकित्सा सम्बन्धि सेवा र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया सम्बन्धि गरि ४ वटा सेवाहरुको कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको हो । एक कार्यक्रमका बिच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उक्त कार्यक्रमको उद्घाटन गरेका छन् ।

Advertisement

उदघाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले कम शुल्कमा विशिष्टिकृत सेवाहरुलाई एकिकृत ढंगबाट प्रदान गर्दा बिरामीहरुको उपचारमा सहजता आउने बिस्वास ब्यक्त गरे । उनले मेडिकल कलेजको यो प्रयास सराहनिय रहेको बताउदै यसलाई निरन्तरता अन्य बहिरङ्ग सेवाहरुमा पनि लागु गर्न सुझाव दिए । मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुसिल गुरुङ्गले आज देखी छुट्टै बिशिष्ट बिशेषज्ञ सेवा सुरु गरिएको बताए । उनले मृगौला रोग सम्बन्धि सेवाहरुको लागी डा. कृष्ण अग्रवाल, मुत्र रोग सम्बन्धि सेवाहरुका लागी डा. सगुन थापा, न्यूरो शल्यचिकित्सा सम्बन्धि सेवाको लागी डा. राजकुमार केसी र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रिया सम्बन्धि सेवाहरुका लागी डा. सन्तोष साह जस्ता बिशेषज्ञ डाक्टरहरुको सुविधा उपलब्ध गराईएको जानकारी दिए ।

बिरामीहरुका लागि एक स्थानबाट उपचार तथा परामर्शको ब्यवस्था, रगत तथा पिसाब संकलन केन्द्र, बिरामी कुरुवा क्षेत्र, औषधी खरिदको ब्यवस्था लगायतको सुविधा रहेको बताए । यसैगरि बिरामीहरुको कुरुवाहरुको लागी पनि निशुल्क वाईफाई, तथा टेलिभिजनको ब्यवस्थापन गरिएको गुरुङ्गले बताए । हाललाई यो सेवाको लागी टिकट दर ३ सय रुपैया तोकिएको जानकारी दिदै उनले यो टिकट एक सातालाई कायम रहने बताए । कार्यक्रममा बोल्दै शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमारले यी सेवाहरु पहिला पनि अस्पतालले प्रदान गर्दै आएकोमा अहिले एकद्वार प्रणाली मार्फत ब्यवस्थापन गरिएको बताए । “आजबाट सुरु गरिएको ४ वटा विशिष्ट विशेषज्ञ सेवाको लागी बिरामीहरु अन्य बिरामी जस्तै लाईन लाग्नु पर्ने हुदैन ।” उनले भने “रगत परिक्षण लगायत अन्य परिक्षणहरुमा पनि सामान्य बिरामी जस्तै लाइन लाग्न नपर्ने भएको हुदा यी बिरामीहरुलाई सेवामा सहजता पुग्नेछ ।” धेरै अस्पतालहरुले विशेषज्ञ चिकित्सक रहेको दावी गरे पनि यो क्षेत्रमा मेडिकल कलेजमा एमसिएच गरेका चिकित्सक रहेको उनले दावी गरे ।

मेडिकल कलेज पनि यस्ता प्रकारका जटिल रोगको उपचार गर्न सक्षम रहेको र काठमाण्डौं तथा विदेश गएर महङ्गोमा उपचार गराउनु पर्ने बाध्यताबाट बिरामीले छुटकारा पाउने डाक्टर सन्तोष साहले बताए । भैरहवाको रानीगाउँमा रहेको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजले लामो समय देखी मुटु सम्बन्धि सम्पूर्ण उपचारको लागि क्याथ ल्याव को व्यवस्था, जोर्नी फेर्नुपर्ने तथा हिप फेर्नुपर्ने सेवाहरुका साथै दूरविन प्रविधि बाट शल्यक्रिया, सुविधा सम्पन्न मुटुरोग विभाग (उच्च रक्तचाप, हृदयघात, पक्षघात तथा मुटु सम्बन्धी सम्पूर्ण सेवाहरु–इसिजि, इको, हल्टर, टिएमटि को व्यवस्था आदि) रहेको कलेजका प्रिन्सीपल हेमन्त हलवाईले बताए ।

यस्तै दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरु, रेडियोलोजी विभाग (डिजिटल एक्सरे, अल्ट्रासाउण्ड, सिटि स्क्यान एमआरआई सेवा, मेमोग्राफी, फ्लोरोस्कपी, अत्याधुनिक आईसियू, एनआईसियू, पिआईसियू, सिसियू तथा एमआईसियूको व्यवस्था रहेको उनले बताए । अस्पतालले नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम, निःशुल्क डायलासिस सेवा, सामाजिक सुरक्षा कार्यक्रम तथा स्वास्थ्य विमा कार्यक्रमको व्यवस्था निरन्तर प्रदान गर्दै आएको हलवाईले जनाए । मेडिकल कलेजमा ओपिडीमा दैनिक सरदर ८ सय जना र आकस्मिक सेवा सहित आईपिडीमा दैनिक ४ सय जनाले सेवा लिई रहेको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत कमल राज ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण