ताजा अपडेट »

रुपन्देहीमा कोरोना संक्रमण बढ्यो, ५०० भन्दा बढी संक्रमित भए लकडाउन !

बुधबार, २५ साउन २०७९, १६ : ४०
14 Shares
बुधबार, २५ साउन २०७९
14 Shares

बुटवल । रुपन्देहीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै आएको छ। जिल्लामा संक्रमणको बढ्दै गएपछि बुधबार बसेको डिसीएमसीको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

साथै बैठकले आवश्यक पूर्वाधार तयारी अवस्थामा राख्ने, चाडवाड, मेलामा हुने भीडभाड नियन्त्रण गर्ने आवश्यक पहल गर्ने निणर्य गरेको छ । संक्रमणको जोखिम बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा संक्रमण बढ्दो रहेकाले सचेत हुन सबैलाई आग्रह गरेका छन् ।

रुपन्देहीमा मंगलबारसम्म १०३ जना संक्रिय संक्रमित रहेको छन् । ५०० सय भन्दा बढि संक्रमण बढि भएका स्थानमा लकडाउन र निषेधाज्ञा हुने कानुनी व्यवस्था रहेको छ । अहिले रुपन्देहीमा ६ जना कोरोनाका संक्रमित अस्पताल भर्ना भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।