६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बैतडी । भारतबाट घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेको छ ।  नेपाल–भारत सीमानाका झुलाघाटबाट नेपाल घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन थालिएको छ ।  

Advertisement

स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकका अनुसार चारजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ । झुलाघाट नाकाबाट नेपाल आइरहेका उनीहरूका कोरोना देखिएको हो । कोरोना सङ्क्रमण देखिएपछि उनीहरूलाई नाकाबाटै भारत फिर्ता गरिएको छ  । उनले भने, “सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल घुम्न आउनेहरूको पनि कोरोना परीक्षण गर्ने गरेका छौँ, पोजेटिभ देखिएमा भारततिरै फर्काउने गरिएको छ ।” 

यसैबीच बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको छ । भारतसँग सीमा जोडिएको झुलाघाट नाका भएर फर्कने अधिकांश नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको हो । झुलाघाटमा हेल्थ डेस्क स्थापना गरेर उक्त नाकाबाट स्वदेश फर्कनेहरूको एन्टिजेन परीक्षण गर्ने गरिएको र परीक्षण गरिएका अधिकांशमा कोरोना पुष्टि हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । साउन पहिलो सातासम्म कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेको बैतडीमा अहिले ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

सङ्क्रमण पुष्टि भएकाहरू समेत सिधै घर जाने भएकाले समुदायस्तरमा फैलन सक्ने जोखिम बढेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । स्वास्थ्यका मापदण्ड पालना नगर्दा झन् जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । जोखिम बढ्दै गएकाले पूर्वतयारीस्वरुप समेत थालिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

विपद् व्यवस्थापन समितिको बैठक बसालेर जिल्लामा पूर्वतयारी थाल्न निर्देशन दिइएको हो । जिल्ला अस्पतालमा आइसियुसहितका आइसोलेसन सेन्टर, सबै स्थानीय तहमा होल्डिङ सेन्टर, आइसोलेसन, क्वारेन्टिन निर्माण, कोरोना कोष स्थापना, एम्बुलेन्स तयारी अवस्थामा राख्न, कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने लगायत निर्णय गरिएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको चौथो लहरको जोखिम बढेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीमा हालसम्म तीन हजार तीनसय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा सङ्क्रमणकै कारण १९ जनाको ज्यान गइसकेको छ । – रासस

प्रतिकृया दिनुहोस्

Flash News

आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ