१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले आफूलाई परीक्षण गरेर हेर्न जनतासामू आग्रह गरेका छन् । विगतमा नेपाली जनतालाई ढाँटेर राजनीति गरेका दलका नेताहरूलाई अबको निर्वाचनमा मत नदिन आग्रह गर्दै उनले नयाँ पार्टीलाई हेर्न आह्वान गरेका हुन् ।

Advertisement

पार्टीको शनिवार बुटवलमा आयोजित लुम्बिनी भेलालाई सम्बोधन गर्दै लामिछानेले अबको नयाँ पुस्तालाई देशको संवाहक बनाउन आफू राजनीतिमा आएको बताएका थिए । ‘पुराना दलले के काम गरे मैले तपाईँहरूलाई भन्नुपर्दैन, ६/६ जना पूर्व प्रधानमन्त्री जिउँदो भएको देशमा के भयो भनेर प्रश्न गरी अब कसैले मतदान नगर्नुस्, पुराना दलका योजना हेर्नुहोस्, नेतृत्व हेर्नुहोस्, कार्यशैली हेर्नुहोस्’, उनले भने, अब यस्ता काम नगर्ने नेतृत्व र ठूला भनिएका पार्टीलाई चिन्ने बेला आएको बताए । ‘आफै पढेको त्रिचन्द्र कलेजको दुरावास्था हुँदा पनि सुधार्न नसक्नेहरूले के गर्छन्’ अध्यक्ष लामिछानेले प्रश्न गरे, ‘ठूला पार्टीहरूले तपाइहरूलाई झुक्याई मात्रै राखेका छन्, त्यसैले यस पटक त्यस्ता झुटको पछि नलाग्नुस्, अब गल्ती गरेर देशलाई थप कमजोर बनाउनतिर नलाग्नुस् ।’

लामिछानेले ठूला भनिएका पार्टीले अब आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकता समेत नभएको बताए । ‘के गर्छौ र के दिन्छौँ भनेर भोट माग्छन् ? उनले भने– ‘थप झुक्क्याउनका लागि ठूला भनिएका दलहरूसँग नारा नै छैन ।’

उनले नेपाली मतदाता मासु भातमा बिक्छन् भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई यस पटक तोड्नुपर्ने बताए । यसपालि चुनावका दिन एकादशी र आइतबार रविबार परेको प्रसंग उल्लेख गर्दै उनले मासु भातले समेत काम नगर्ने संकेत गरे ।

विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्ने माग गर्दै उनले २४ घण्टा नै नागरिकको समस्या सुन्ने संयन्त्र र वातावरण बनाउने उनले बाचा गरे । उनले भ्रष्टाचार हेर्न नसक्ने अख्तियार, भ्रष्टाचारीको फाइल हेर्न नमिल्ने न्यायालयको के काम भन्दै उनले जनताको असली शासन व्यवस्था आफूहरूले ल्याउने बताए ।

उनले अहिले पनि जनताको समस्या सञ्चारमाध्यमले मात्रै उठाउनुपर्ने र सुन्ने प्रवृत्ति रहेकाले आफ्नो पार्टी सिंहदरबारले सुन्नुपर्छ भन्ने मान्यतामा रहेको बताए । लामिछानेले अवसरका लागि आफ्नो समूहमा आएको भए अहिले नै बिदा हुन आग्रह गर्दै काम गर्नेका लागि मात्रै आफ्नो पार्टीमा ढोका खुला रहेको दाबी गरे ।लामिछाने पार्टी गठन गरेर संगठन विस्तारमा हिँडेका हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य