१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

बुटवल । ‘मैले त छोराछोरीलाई बोर्डिङ अर्थात् निजी विद्यालय त्योपनि नाम चलेको विद्यालयमा भर्ना गरि दिएको छु’ आम अभिभावकहरु यसो भन्न पाउँदाठूलै गर्व गर्छन् । यसैकारणले हुनेखानेहरु मात्रहोइन, सामान्य आयआर्जन भएकाहरु समेत ऋण खोजेरै भएपनि आफ्ना छोराछोरीलाई निजी विद्यालय अर्थात् बोर्डिङमा पढाइरहेका छन् ।

Advertisement

सामुदायिक विद्यालय भन्ना साथ अपर्याप्त पठन सामग्री, पुरातन पठन पद्धति, भद्रगोल व्यवस्थापन, न्यूनविद्यार्थी संख्याहुने र पढाईमा गुणस्तर नहुनेआमअभिवाकहरुको सोचाई छ ।यहि सोचकाकारणले पनि अभिभावकहरु सकेसम्म यस्ता विद्यालयमा आफ्ना बालबच्चालाई पठाउन तयार हुँदैन्। यहि कारण सरकारले उपलब्ध गराएको निःशुल्क शिक्षा छाडेर उनीहरु निजी विद्यालय रोज्छन्, चाहे जतिसुकै नै चर्को शुल्क तिर्न परेपनि ।

तर, बुटवलको कालिका मानव ज्ञान, कान्ति मावि र नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयमा भने निजी विद्यालय छाडेर त्यँहा पढ्न चाहने विद्यार्थीहरुको संख्या धेरै ठूलो छ । यी विद्यालयहरुले सामुदायिक विद्यालयमा पनि राम्रो पढाई हुन्छ भन्ने सन्देश त दिएका नै छन् । साथै सामुदायिकविद्यालयको शैक्षिक गुणस्तर राम्रो हुँदैन भन्ने अभिभावकहरुलाई भ्रमबाट मुक्त गराएका छन् ।

केही वर्ष यता यी विद्यालयमा निजी विद्यालय छाडेर पढ्न जाने विद्यार्थीहरुको संख्या उल्लेखनीय छ । हालै एसईईको नतिजा सार्वजनिक भएसँगै अहिले कक्षा ११ मा विद्यार्थी भर्ना खुलेको छ । अहिले पनि यी सामुदायिक विद्यालयमा निजी विद्यालय छाडेर अध्ययन गर्न चाहने विद्यार्थीहरुको संख्या ठूलो छ ।

कालिकामानव ज्ञानका प्रध्यानाध्यापक दिनेश थापाले कक्षा ११ मा १६ सय विद्यार्थी भर्ना गर्न सक्ने क्षमता भएपनि त्यो भन्दा धेरै संख्यामा विद्यार्थी भर्ना हुन आएको बताए । विज्ञान संकायमा प्रवेश परीक्षाको माध्यमबाट र अन्य संकायमा ‘फस्ट कम फस्ट’ का माध्यमबाट विद्यार्थी भर्ना गरिएको बताउँछन् । सोही विद्यालयबाट

‘एसईईमा६०६ जना विद्यार्थी सहभागि भएका थिए । अन्य विद्यालयबाट आएका विद्यार्थीहरु बढीमा १ हजारको मात्रै भर्ना लिन सकिन्छ ।’–उनले भने ‘भर्ना हुन भन्दै विद्यालय आउने विद्यार्थीको संख्या भने अत्याधिक नै छ ।’ विद्यालयमा विज्ञान संकायका लागि ३५० जनाको कोटा रहेकोमा प्रवेश परीक्षामा १ हजार विद्यार्थी सहभागी रहेको प्रध्यानाध्यापक थापाले बताए । कालिकामानव ज्ञान विद्यालयमा कक्षा १२ सम्म करिब ८ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।

कान्ति माध्यमिक विद्यालयका प्रधान्याध्यापक गोविन्द्र ज्ञावलीले कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीहरु धेरै आएकाले सबैलाई भर्ना गर्न सकिने अवस्था नरहेको बताउँछन् । यस वर्ष कक्षा ११ मा बढीमा १२ सय विद्यार्थी मात्रै भर्ना गराउन सकिने उनी बताउँछन् ।

‘कान्तिबाट अहिले ३८३ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । खुल्लाबाट ५० जना विद्यार्थीहरु उत्तिर्ण भएका छन् ।’ उनले भने ‘अन्य विद्यालयबाट आउने ७०० भन्दा बढीलाई यो वर्ष भर्ना गराउन सकिने अवस्था छैन।’ नयाँ भर्नाका लागि प्रवेश परीक्षा भइसकेको र केही सिट बाँकी भए पुनःप्रवेश परीक्षा गरेर मात्रै विद्यार्थीलाई भर्ना गरिने बताए । कान्ति माध्यमिक विद्यालयमा ५ हजार विद्यार्थीहरु अध्ययनरत रहेको छन् ।

यस्तै देविनगरस्थित नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीको संख्या अत्याधिक रहेको छ । विद्यालयका प्रध्यानाध्यापक प्रेमबहादुर बस्नेतले यो वर्ष विद्यालयले कक्षा ११ मा ८०० विद्यार्थीहरु मात्रै भर्ना गर्न सकिने बताउँछन् । तर, भर्ना हुनआउनेको संख्या भने अत्याधिक रहेको र आएका सबैलाई भर्ना गर्ने इच्छा भएपनित्यो सम्भवना भएकाले भर्ना गर्न नसकिएको बताए ।

‘नविनबाट २१७ जनाविद्यार्थी एसईईमा सहभागि भएकाथिए। यसकारण अन्य विद्यालयबाट आएका ५/६ सय भन्दा धेरै विद्यार्थीलाई चाहेर पनिभर्ना गर्न सकिदैन् ।’–उनले भने । नयाँ भर्नाका लागि लिएको प्रवेश परीक्षामा१४ सय विद्यार्थी सहभागि भएको प्रध्यानाध्यापक बस्नेत बताउँछन् । यो विद्यालयमा करिब ४ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य