२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

मंसिर १६,

Advertisement

सुमन के.सी./ग्लोबल आवाज

दाङ । दाङ क्षेत्र न ३ (ख)मा नेकपाकी उम्मेदवार बिमला कुमारी खत्री ओली बिजयी भएकी छिन । उनले नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतले पराजित गर्दै प्रदेश सभा सदस्यमा बिजयी भएकी हुन ।विमला कुमारी खत्री ओलीले २४ हजार २ सय ८६ मत ल्याएर प्रदेश सभा सदस्यमा बिजयी भएकी हुन । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार केशबराज शर्मा आचार्यले १९ हजार एक सय ८२ मत ल्याएर पराजित भएका छ्न ।

ओली स्वर्गीय प्रदेश सभा सदस्य उत्तरकुमार ओलीकी पत्नी हुन । आइतबार राती १२ बजे मतगणना सकिएको थियो । राप्रपाका भुपाल रावतले २ सय २५,राप्रपा संयुक्त छोटीलाल थारुले १सय ३८, नेकपा मालेका हरिप्रसाद डांगीले १ एक सय ३ ,साझा पार्टीका शिवकुमार चौधरीले २ सय ६६, नेमकिपाका सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वर्नकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरी ९०,लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ मत प्राप्त गरेका छन भने कांग्रेस बिपी पार्टीका दिपक कुमार धितालले २ मत प्राप्त गरेका छन । स्वतन्त्र उम्मेदवार गोबिन्द केसी २ र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले ४ मत प्राप्त गरेका छ्न ।उननिर्वचनमा ४५ हजार ७ सय १८ मत खसेको छ । जसमा ७ सय ९७ मत बदर भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी तिलोत्तमामा एमालेका चापागाइँ र कांग्रेसका खाँणबीच कडा प्रतिष्पर्धा देवदह–२ मा एमालेका रास्कोटी प्यानलसहित विजयी बुटवलमा खेलराज पाण्डेयले अग्रता फराकिलो बनाउँदै, १५०८ मतले अघि जेठ ३ देखि भैरहवामा अण्डर १४ लिटिल स्टार क्रिकेट प्रतियोगिता १८ वटा वडाको मतगणना सकिँदा ११ वटामा एमाले, ६ वटामा कांग्रेस विजयी रुरुक्षेत्र १ मा एमालेकाे प्यानल नै विजयी पश्चिम नवलपरासीमा १३ वडाध्यक्षको मतपरिणाम सार्वजनिक