ताजा अपडेट »

वर्षमान र म बीच कुनै बिबाद छैन : शर्मा

मंगलबार, १० साउन २०७९, २१ : १७
22 Shares

दाङ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा (प्रभाकर)ले पार्टी पदाधिकारीमा कुनै विवाद नभएको बताए । नेपक (माओवादी केन्द्र) लमही नगर कमिटीले आयोजना गरेको भेट्घाट कार्यक्रममा स्थायी समिति सदस्यले महासचिवको विषयमा विवादका कारण पदाधिकारी टुङ्गो लाग्न नसकेको भन्नु निराधार भएको बताए । उनले भने अझ अनन्त र मेरो नाम जोडेर विवाद छ भन्ने कसैलाई लाग्या छ भने त्यो पटक्कै होइन, त्यो दिमागबाट निकाली हाल्नुस् ।

(माओवादी केन्द्र) का प्रभावशाली नेता शर्माले पदाधिकारी टुङ्गो लगाउनको लागि आफु र बर्षमान पुन अनन्तले पार्टी अध्यक्ष प्रचण्डलाई आग्रह गरेको अध्यक्षले दिएको जिम्मेवारीमा आफुहरुको सहमति हुने कुरा बताएको जानकारी समेत दिए । कार्यकर्र्ताले राखेका जिज्ञासा हल गर्दै शर्माले समाजवादमा विश्वास गर्नेहरुको प्रगतीशिल दलहरुको एकता गरी बैकल्पिक शक्ति निर्माण हुने दावी समेत गरे ।

समाजवादी केन्द्र निर्माण गर्ने विषयमा बाबुराम, माधव, बामदेव लगायत अन्य बामपन्थी शक्तिहरुको विचमा छलफल चलेको छ, टुङ्गोमा पुगेको छैन । यसमा पहल मैले पनि थालेको छु, शर्माले भने । निवर्तमान अर्थमन्त्री शर्माले माक्सवादलाई कलात्मक ढङ्गबाट लागु गर्नुनै अहिलेको आवश्यकता भएको बताए । माक्सवादलाई कलात्मक ढङ्गबाट लागु गर्दै त्यसको लागि माओवादीले जितेका पालिका र वडामा काम गरेर देखाउन समेत उनको आग्रह थिए । अर्थमन्त्रालयको बजेट निर्माण र अर्थमन्त्रीको रुपमा राजीनामा र छानविनको विषयमा उनले छानविन चलरहेकोले यस विषयमा नवोल्ने र केहि दिनमा कुराहरु आउने बताए ।

नेपालबाट दुइबर्ष भित्र गरिवी हटाउने गरी बजेट निर्माण गरिएको र बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै उनले आफुले ल्याएको बजेट बैज्ञानिक भएको दावी गरे ।

कोइलाबास नाकाको स्थलगत निरीक्षण
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा (प्रभावकार)ले कोइलावास भन्सार कार्यालय र कोइलाबास नाकाको स्थलगत अवलोकन गरेका छन् । कोइलाबास नाका संचालनको लागि दुई पक्षीय देशविच सहमति हुनुपर्ने त्यसको लागि प्रयास भइरहेको उनको भनाइ थियो । यो नाका पूर्णरुपमा संचालनमा आउन जरुरी छ । त्यसको लागि मैले पनि पहल थालेको छु, उनले भने । कोइलाबास क्षेत्रको उत्तर तर्फको जंगली क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उनको भनाइ थियो । भारतीय पर्यटकलाई आकर्षण गर्नको लागि यी पहाडमा सेवा सुविधासहित पार्क निर्माण गर्नुपर्छ, उनले भने । पूर्व अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर), गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल (विश्वास), गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष खालिक सिद्धिकी, नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य निर्मल आचार्य, हेमराज शर्मा (डायमण्ड), नारायणी शर्मा (प्रतिक्षा), नेता विश्वराज आचार्य, लमही नगरपालिकाका इञ्चार्ज बसन्तराज शर्मा –विक्रान्त)लगायतको सहभागिता रहेको थियो ।

यस्तै निवर्तमान अर्थमन्त्री जर्नादन शर्मासंग गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल विश्वास र गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विरवहादुर आलेले गढवा गाउँपालिका वडा नं. ६ को मनिकापुरदेखि गढवा जोड्नको लागि पुलको आवश्यकता रहेको भन्दै पहल गरिदिन आग्रह गरेका थिए । निवर्तमान अर्थमन्त्री शर्मा नेकपा (माओवादी केन्द्र) की नेतृ लमही नगरपालिका वडा नम्बर ५ निवासी द्रोपदा पौडेलको निधनमा श्रदाञ्जली ब्यक्त गर्न र परिवारमा समवेदना प्रकट गर्न लमही आएका थिए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी