ताजा अपडेट »

गुणस्तरिय व्यवस्थापनका लागि ३ दिने प्रशिक्षण सम्पन्न

आइतबार, १५ मंसिर २०७६, १९ : ०२
6 Shares

मंसिर १५,
ग्लोबल आवाज

बुटवल । विभिन्न उद्योग, व्यवसाय, संघ संस्थाहरुमा नेतृत्व तथा काम गरिरहेका उद्योगी र व्यवसायी तथा नेतृत्वहरुका लागि विशेष प्रशिक्षण ‘टोटल क्वालिटी म्यानेजमेण्ट ट्रेनिङ्ग’ रुपन्देहीको मणिग्राममा सम्पन्न भएको छ । तिलोत्तमा मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा विहिबारदेखि सुरुभएको ३ दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

तालिममा श्रीलंकाबाट आएकी अन्तराष्ट्रिय प्रशिक्षक सकुुन्तला गुनेटिलिकेले प्रशिक्षण सहजीकरण गरेकी थिइन् । नेपाल अट्स आल्मुनियम सोसाइटी र ग्लोबल पब्लिसिटीको आयोजनामा सञ्चालित तालिममा ३० भन्दा बढी उद्योगी र व्यवसायीहरुको सहभागिता रहेको थियो । अन्तराष्ट्रिय स्तरको सो प्रशिक्षण तथा सेमिनारमा गुणस्तरीय व्यवस्थापन, प्राविधिक समस्या समाधान, समय व्यवस्थापन, व्यवसायिक तथा व्यक्तित्व विकास लगाएतका शिर्षक तथा विषयहरुमा जानकारी गराइएको ग्लोबल पब्लिसिटीका प्रवन्ध निर्देशक गौतम भुसालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।