ताजा अपडेट »

कोरोनाका कारण थप दुई जनाको मृत्यु, ३४७ जना नयाँ संक्रमित थपिए

आइतबार, ०८ साउन २०७९, १७ : ४८
42 Shares
आइतबार, ०८ साउन २०७९
42 Shares

काठमाडौं ।  कोरोना भाइरसको संक्रमणबाट पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु भएको छ । 

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा नेपालमा ३४७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । 

पीसीआर विधिबाट २ हजार ३६० र एन्टीजेन विधिबाट १ हजार ५२८ गरी कुल ३ हजार ८८८ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ११ लाख २५ हजार ११४ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । 

पछिल्लो चौबिस घण्टामा ९५ जना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार १७७ रहेको मन्त्रालयले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।