ताजा अपडेट »

स्वास्थ्यमन्त्री खापुङको मधुमेह बढेपछि अस्पताल भर्ना

शनिबार, ०७ साउन २०७९, २२ : ४१
18 Shares
शनिबार, ०७ साउन २०७९
18 Shares

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन् । मधुमेह बढेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकय सचिव मनोज लिम्बूले जानकारी दिए।

वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा। भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना भएको जानकारी दिए।

उनका अनुसार मन्त्री खापुङको अहिले वीर अस्पतालको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ। “उहाँको प्रारम्भिक जाँच गरिएको छ। स्वास्थ्य अवस्था पनि राम्रो छ”, डा बस्नेतले भने, “जाँचको रिर्पोट आएपछि के रहेछ भन्ने थाहा हुन्छ।” -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।