२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १५,
ग्लोबल आवाज
सुनसरी । सुनसरीमा गएराति साढे १२ बजे एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किदा ७ जनाको मृत्यु भएको छ । बिराटनगरको गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगन्जबाट विराटनगर आउँदै गरेको ट्रक एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता विनोद शर्माले जानकारी दिए। उनका अनुसार ना २ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३ ६४ नम्बरको एम्बुलेन्स एकआपसमा ठोक्किएको थियो। एम्बुलेन्समा एक महिला र अन्य ६ जना पुरुष सवार रहेका थिए।

मृतकहरूमा उदयपुर त्रियुगा नगरपालिका–१० बस्ने २८ वर्षीय राजेशकुमार दनुवार, ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलाबहादुर राई, ३५ वर्षीय मुकेश राई, ३२ वर्षीय दिनेश रार्ई र ८५ वर्षीय शिवमाया राई रहेका छन्। ‘शिवमायाको चाहिँ विराटनगरमै निधन भएका कारण घर ल्याउँदै रहेछ,’ डिएसपी शर्माले भने, ‘अगाडि कुहिरो लागेको थियो, गाडीको लाइट कम भएका कारण दुर्घटना भएको हो।’ उनले दुर्घटनापछि बेपत्ता ट्रक चालकको खोजी कार्य भइरहेको जानकारी दिए। ‘हामीलाई एम्बुलेन्सबाट मान्छे निकाल्नै करिब ५ घण्टा लाग्यो,’ उनले भने। कोसी गाउँपालिका–७ हरिपुरमा सो दुर्घटना भएको हो। घटनाको प्रकृति हेर्दा दुवै सवारी ‘ओभरस्पिड’ रहेको प्रहरीको अनुमान छ। प्रहरीका अनुसार दुर्घटना भएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने