२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

मंसिर १५,
ग्लोबल आवाज
बुटवल । दक्षिण एसियाका सात राष्ट्रको खेलकुद जमघट रहने दक्षिण एसियाली खेलकुद (साग)को १३ औँ संस्करण नेपालको काठमाडौँ, पोखरा र जनकपुरमा आइतबार सुरु हुँदै छ । यस खेलकुद मेला सुरु भएको खुसी साट्न आइतबार साँझ तीन घण्टा १४ मिनेटको उद्घाटन समारोह हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै १३ औँ साग सुरु भएको घोषणा गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा १५ हजार कलाकारले विभिन्न प्रस्तुति दिने बताइएको छ । दक्षिणपूर्वी एसिया र पश्चिम एसियाका आआफ्नै क्षेत्रीय खेलकुद प्रतियोगिता छन् । यही स्वरूपमा दक्षिण एसियाका सात राष्ट्रबीच दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने गर्छ ।

Advertisement

दक्षिण एसियाली महाद्वीपका राष्ट्रहरूको दृष्टिमा रहने यो खेलकुद मेलालाई राष्ट्रको सम्पन्नता, वैभव र समृद्धि देखाउने अवसरका रूपमा पनि लिइन्छ । त्यसैले उद्घाटन समारोह भव्य गर्ने तयारी भइरहेको छ । एसियाली खेलकुद नेपालमा तेस्रो पटक आयोजना हुँदै छ । साग खेलकुदमा नेपालको सबभन्दा ठूलो उपलब्धि काठमाडौँमा सन् १९९९ मा सम्पन्न आठौँ साफ हो । सो संस्करणमा नेपालले स्वर्ण पदक मात्र ३१ वटा हासिल गरेको थियो । नेपालले सो समय पदक तालिकामा भारतपछाडि दोस्रो स्थानमा आफूलाई उभ्याएको थियो । पहिलो संस्करणमा नेपालले चार स्वर्ण पदक जितेको थियो ।

सागमा भारतले सबै संस्करणमा अङ्क तालिकामा शीर्ष स्थान बनाउँदै आएको छ । यस पटक पनि भारतले नै अङ्क तालिकामा दबदबा बनाउने अनुमान गरिएको छ । भारत दक्षिण एसियाली क्षेत्रमा खेलकुदमा महाशक्ति राष्ट्र हो । हुन त यसपालि भारतले दक्षिण एसियाली खेलकुदमा त्यति चासो देखाएको छैन । कराँते, फुटबल र क्रिकेटजस्ता खेलमै भारतको सहभागिता छैन । तर यस पटक पनि उसलाई अन्य राष्ट्रले चुनौती दिने अपेक्षा गरिएको छैन । घरेलु टिम नेपाललाई अङ्क तालिकाको दोस्रो स्थानमा रहने आशा गरिएको छस जुन सही पनि छ । घरेलु भूमि र दर्शकको ऊर्जाबीच यो लक्ष्य असम्भव छैन ।

यद्यपि नेपालका लागि यो लक्ष्य सहज हुने छैन । पाकिस्तान र श्रीलङ्काले नेपाललाई यो स्थानमा पुग्न नदिन हरसम्भव प्रयास गर्ने छन् । अझ नेपालले घरेलु मैदानमा भएको आठौँ साफपछि दोस्रो स्थान हासिल गर्न सकेको छैन । तर अङ्क तालिकामा दोस्रो स्थानको आशामा नेपालले सागमा सबभन्दा बढी ५९६ खेलाडीलाई समावेश गरेको छ । नेपालपछि सबभन्दा ठूलो टिम श्रीलङ्काले (५६४ जना समावेश गरेको छ । यसैगरी भारतले ४८७, बङ्गलादेशले ४७०, पाकिस्तानले २६६ र माल्दिभ्सले २१६ जना खेलाडी नेपाल पठाएका छन् । खेलाडीको सबभन्दा सानो टोली भुटानले ११६ जना खेलाडी पठाएको छ । सागमा खेलाडी, रेफ्री र अफिसियल तथा अन्य प्रतिनिधि गरी पाँच हजारको सहभागिता रहने छ ।

नेपालले समावेश सबै २८ (बिच भलिबल र थ्री बाई थ्री बास्केटबलसहित) खेलमा प्रतिस्पर्धा गर्ने छन् । राष्ट्रिय टिम तयार समितिका सचिव महेन्द्र राईले ३२४ स्वर्ण, ३२४ रजत र ४८७ कांस्य पदक गरी ११३५ पदकका लागि प्रतिस्पर्धा हुने बताए । सन् २०१६ मा भारतको गुवाहाटी–सिलोङबाट आयोजनाको झण्डा बोकेको नेपाल तीन पटक मिति सारेपछि प्रतियोगिता गर्न तयार भएको हो । यस प्रतियोगिताका लागि नेपालले करिब साढे चार अर्ब रुपियाँ खर्च गरेको छ । साग खेलकुदको सुरक्षा व्यवस्थापनका लागि करिब २२ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी १४ हजार, सशस्त्र प्रहरी छ हजार, विशेष प्रहरी करिब दुई हजार र सेना गरी यतिको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । पोखरा र जनकपुरमा स्थानीय सुरक्षा निकायबाट थप सुरक्षाकर्मी परिचालन हुने छन् । राष्ट्रिय खेलकुद परिषद्ले हजारौँको सङ्ख्यामा स्वयंसेवक खटाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता