ताजा अपडेट »

बढ्दै कोरोना ग्राफ : २४ घण्टामा थपिए ८ लाख संक्रमित, १५ सय बढीको मृत्यु

शुक्रबार, ०६ साउन २०७९, ०८ : ०६
28 Shares
शुक्रबार, ०६ साउन २०७९
28 Shares

काठमाडौं । पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोना भाइरसका ८ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सोही समयमा कोरोनाका कारण १ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् । 

वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको चौबिस घण्टामा विश्वमा ८ लाख १८ हजार ४६४ जना कोरोना संक्रमित थिएका छन् । सो अवधिमा सबैभन्दा बढी जापानमा १ लाख ३५ हजार २३९ जना संक्रमित थपिएका छन् । 

यस्तै, अमेरिकामा १ लाख ७११, भारतमा १७ हजार ५०, ब्राजिलमा ५१ हजार ९८८, फ्रान्समा ८० हजार ८६९, इटालीमा ८० हजार ६५३, दक्षिण कोरियामा ७१ हजार १०९, अष्ट्रेलियामा ५४ हजार ९८९ र मेक्सिकोमा ३४ हजार ६६१ जना संक्रमित थपिएका छन् । 

बितेको चौबिस घण्टामा विश्वमा कोरोना कारण १ हजार ५४५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा २५१, ब्राजिलमा २७१, फ्रान्समा १३३, इटालीमा १५७, मेक्सिकोमा १०७, रुसमा ४२, दक्षिण कोरियामा १७, जापानमा ५४ र  अष्ट्रेलियामा ८९ जना रहेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।