Jun 3, 2023
मंसिर १४,
गुल्मी । गुल्मीको रूरूक्षेत्र गाँउपालिका वडा नम्बर ६ रिमुवामा विहान सात वजेदेखि शुरु भएको उप निर्वाचनको मतदान जारी भएको छ । वडाध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा दिउँसो ३ : २० बजेसम्म रिमुवामा ६२ प्रतिशत मत खसेको छ । २०४८ मतदाता रहेका छन् ।
मतदाताले बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् । नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाको कडा सुरक्षाका बीच सौहार्दपुर्ण वातावरणमा मतदान भइरहेको छ । निर्वाचनमा तीनजना उम्मेदवार रहेका छन् ।
जसमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट गिरी प्रसाद सिञ्जाली, नेपाली काङ्ग्रेसबाट वेद बहादुर दर्लामी र स्वतन्त्र उम्मेदवार मीन बहादुर दर्लामीले उम्मेदवारी दिएका हुन् । जसमध्ये नेकपा र नेपाली काङ्ग्रेसका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुदैँछ ।
तत्कालीन वडा अध्यक्ष पूर्ण बहादुर रेगामीको निधन भएपछि सोही वडामा अहिले उपनिर्वाचन भएको हो ।
प्रतिकृया दिनुहोस्