४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

तस्बिर : रोयटर्स

मंसिर १४,

Advertisement

काठमाडौँ । इराकका प्रधानमन्त्री अदेल अब्दुल मेहदीले राजीनामा दिने घोषणा गरेका छन् । उनले आफ्नो राजीनामा पत्र संसदमा पेश गर्ने तयारी गरेको जनाइएको छ । इराकी सिया धर्मगुरुले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक रूप लिएपछि मन्त्रीमण्डलमा फेरबदलका लागि सुझाव दिएका थिए ।

इराकमा सरकार परिवर्तनको माग गर्दै दैनिक रूपमा विरोध प्रदर्शन भइरहेपछि उनले शुक्रबार राजीनामा दिने घोषणा गरेका हुन् । ‘मैले प्रधानमन्त्री पदबाट दिएको राजीनामा संसदमा पेस गर्नेछु,’ मेहदीद्वारा जारी वक्तव्यमा भनिएको छ । इराकमा झण्डै दुई महिनादेखि भइरहेको रक्तपातपूर्ण आन्दोलनका क्रममा ४०० भन्दा बढीको मृत्यु भएको छ भने अरु १५ हजार भन्दा बढी घाइते भएका छन् । शुक्रबार मात्रै कम्तीमा १५ जना मारिएको बताइएको छ ।

पछिल्लो विवरण अनुसार दक्षिणी धिकार राज्यको राजधानी नासिरियालगायत देशभरका विभिन्न ठाउँमा भएका झडपमा परी ४५ प्रदर्शनकारी मारिएका थिए । महदी करिब एक वर्षअघि प्रधानमन्त्री बनेका थिए । त्यतिबेला उनले जुन जुन कुरामा सुधारको प्रतिबद्धता गरेका थिए, ती पूरा हुन नसकेपछि गत अक्टोबरबाट उनका विरुद्ध प्रदर्शन सुरु हुन थालेको हो । – एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

४४४ स्थानीय तहको छिनोफानो हुँदा कुन दलले कति ठाउँमा जिते ? तुलसीपुर उपमहानगरः एमाले २४ मतले अगाडि ढिलै भए पनि एमालेले विवेकले काम गर्योः नारायणकाजी श्रेष्ठ बुटवलमा बाबुराम भन्दा खेलराज ५ हजार १३ मतले अगाडि सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न