बुटवल । बुटबलमा सुनौलो बिहानी फुर्तिलो समुहले 'स्वस्थ जीवन हाम्रो अभियान' भन्ने नारासहितको अभियान सुरु गरेको छ । बुटवलका व्यवसायीहरुले 'बिहानै उठौ ब्याममा जुटौ, स्वास्थ रहौं' यहाका विभिन्न पार्कहरुलाई गन्तव्यस्थल बनाएर मर्निङ वार्क तथा योगा गर्ने गरेका छन्।
स्वस्थ हुनु नै जीवनको खुशी भएको बताउम्ँदै उनीहरुले सुनौलो बिहानी फुर्तीलो समुहमा विभिन्न ठाउँमा गरी ४ सय बढी सदस्यहरुलाई आवद्ध गराएको दाबी गरेका छन् । पछिल्लो समय उनीहरु एकाबिहानै हरियो, पहेलो टिसर्टमा सजिएर कहीले लक्ष्मीपार्क त कहीले बुटबलको मणीमुकुन्द पार्कमा नाचीरहेका भेटीन्छन् ।
बिभिन्न धार्मीक गीतसहित उपथित युवा-युबती तथा उमेर ढल्किन लागेका महीला-पुरुषहरुलाई समेत बिभिन्न चरणमा नाचसँगै ब्याम, योगा गराउने गरेको समुहका सदस्य तिर्थराज पङ्गेनीले बताए । अगाडी उभिएर प्रशिक्षकले सिकाउने र सोही अनुसार पच्छ्याउँदै सहभागीहरु सँगीतको धुनमा ब्याम गर्ने गर्दछन् । यसैगरी सहभागीहरुको समय-समयमा नि:शुल्क स्वास्थ्य परीक्षण समेत हुने गरेको पङ्गेनी बताउँछन् । हरेक सदस्यको १५-१५ दिनमा तौल चेकजाँच गर्ने, ब्ययाम, नाचगान तथा योगाबाट हुने फाइदा बारे छलफल हुने गर्दछ ।
स्वास्थ जीवनका लागि नियमित ब्याम गर्न आवश्यक रहेको समुहका अध्यक्ष अन्नत थैबले बताए । आफू स्वास्थ बनौ घर परिवारलाई पनि स्वास्थ बनाऔं भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियान प्रभावकारी हुँदै गएको मुख्य प्रशिक्षक विष्णुमायाँ श्रेष्ठले बताईन । योग अभियानमा टि.वी. श्रेष्ठले समेत सहजिकरण गर्दै आएका छन् ।
प्रतिक्रिया