२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

मंसिर १३,

Advertisement

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको बुटवल- ११ देवीनगरमा रहेको नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयको आयोजनामा कक्षा ११ र १२ लाई लक्षित नगर स्तरीय नेपाल भ्रमण वर्ष २०२० विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा बाल्दै बुटवल उपमहानगरपालिका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले विद्यालयले सान्दर्भीक शीर्षकमा निबन्ध लेखन कार्यक्रम र विद्यालयमा लैङ्गिक मैत्री वातावरण सिर्जना विषयक अभिमुखिकरण कार्यक्रम आयोजना गरेर विद्यार्थीहरुलाई सुचनाको हक सुनिश्चित गरेकोमा आभार व्यक्त गरे ।

यस्तै बुटवल उपमहानगरपालिका शिक्षा तथा जनस्वास्थ्य महाशाखा अधिकृत टीकाराम पन्थीले विद्यालयले नेपाल भ्रमण वर्षको निबन्ध लेखन प्रतियोगिता उल्लेखनीय रहेको भन्दै यस्ता कार्यक्रमहरुलाई भावी दिनहरुमा पनि निरन्तरता दिन सुझाव दिए । कार्यक्रममा विज्ञ त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक ऋषिराम भुसालले नेपाल भ्रमण वर्ष २०२० बारेमा ध्यान दिनुपर्ने कुराहरु औल्याए ।

कार्यक्रममा क्यानन मा.वि.की प्रियाश्रेष्ठ प्रथम, कालिका मानवज्ञान मा.वि.की सुनिता खनाल द्धितीय, अक्स्फोर्ड मा.वि.की आस्था खनाल तृतीय र कान्ति मा.वि.की सुरक्षा भटराईले सानत्वना स्थान प्राप्त गरेकी थिइन । निबन्ध मूल्याङ्कनमा सह प्रा. ऋषिराम भुसाल, शिक्षक विष्णु पन्थी र अशोक घिमिरेले गर्नु भएको थियो । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सानत्वनालाई रु ५०००, ३०००, २००० र १००० पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेको सभापतित्व, प्रद्यानाध्यापक प्रेम बहादुर बस्नेतको संचालनमा सम्पन्न कार्यक्रमको सहजीकरण प्रद्यानाध्यापक प्रेम बहादुर बस्नेतले गरेका थिए ।

उक्त अवशरमा कक्षा ११ र १२का विद्यार्थीहरुलाई विद्यालयमा लैङ्गिक मैत्री वातावरण सिर्जना सम्बन्धी १६ दिने कार्यक्रमको अभिमुखीकरण बुटवल उपमहानगरपालिकाको निर्देशन अनुसार आयोजना गरी कक्षा ११ र १२ लाई छात्रा मैत्रीको लागि साथी शिक्षकमा रेखा भुसाल पोखरेललाई र कक्षा ९ र १० का छात्राहरुको लागि शिक्षक संगिता ढकाललाई तोकिएको छ । विद्यालयमा गुनासो तथा सुझावबक्स पहिले देखिनै राखिएकोमा त्यसलाई प्रभावकारी रुपमा प्रयोग गर्न सुझाव दिइएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता