ताजा अपडेट »

इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ६ हजार बढीले बनाए पासपोर्ट

शनिबार, ३२ असार २०७९, १२ : ०१
38 Shares

दाङ । इलाका प्रशासन कार्यालय तुलसीपुरबाट एक वर्षको अवधिमा ६ हजार ७ सय बढीले पासपोर्ट बनाएका छन् । विभिन्न कामका लागि विदेशमा जाने ६ हजार ७८० जनाले पासपोर्ट बनाएका हुन् ।

पासपोर्ट बनाउनेमा पुरुष बढी रहेका छन् । चालुवर्षको साउनदेखि असार मसान्तसम्म ४ हजार ६२७ जना पुरुषले राहदानी अर्थात पार्सपोर्ट बनाएका छन् । यस्तै २ हजार १५३ जना महिलाले पासपोर्ट बनाएको कार्यालयले जनाएको छ । कार्यालयले पासपोर्टबाट एक वर्षको अवधिमा ३ करोड ३६ लाख ३० हजार राजश्व संकलन भएको छ ।

यस्तै इलाका प्रशासन कार्यालय तुलसीपुरबाट १५ हजार ६८ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । यस्तै कार्यालयबाट १० हजार ७ सय बढीले नागरिकता लिएका छन् । चालु वर्षको साउन १ गतेदेखि आजसम्मको सार्वजनिक विवरण अनुसार ५ हजार ७ सय ६१ महिला र ४ हजार ९ सय ६२ पुरुषले नागरिकता लिएका हुन् ।

चालुवर्षमा १० हजार ७ सय २३ जनाले नागरिकताको प्रमाणपत्र लिएको कार्यालय प्रमुख यज्ञबहादुर बुढाले बताए । उनका अनुसार एक वर्षको अवधिमा ५ हजार ७४ जनाले नागरिकताको प्रतिलिपी लिएका छन् । नागरिकता हराएमा तीन पटकसम्म प्रतिलिपी लिन पाइने व्यवस्था छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी