Jun 3, 2023
मंसिर १३,
ग्लोबल आवाज
बुटवल । विभिन्न उद्योग, व्यवसाय, संघ संस्थाहरुमा नेतृत्व तथा काम गरिरहेका उद्योगी/व्यवसायी तथा नेतृत्वहरुका लागि विशेष प्रशिक्षण ‘टोटल क्वालिटी म्यानेजमेण्ट ट्रेनिङ्ग’ सुरु भएको छ । मंसिर १२ गतेदेखि सुरु भएको तीन दिने हुने तालिममा श्रीलंकाबाट आएकी अन्तराष्ट्रिय प्रशिक्षक सकुुन्तला गुनेटिलिकेले प्रशिक्षण गरिरहेकी छन्। नेपाल अट्स आल्मुनियम सोसाइटी र ग्लोबल पब्लिसिटीको आयोजनामा तिलोत्तमा स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा चलेको कार्यक्रममा रुपन्देहीका ३० भन्दा बढी उद्योगी/व्यवसायीहरुको सहभागिता रहेको छ ।
अन्तराष्ट्रिय स्तरको सो प्रशिक्षण तथा सेमिनारमा गुणस्तरीय व्यवस्थापन, प्राविधिक समस्या समाधान, समय व्यवस्थापन, व्यवसायिक तथा व्यक्तित्व विकास लगाएतका शिर्षक तथा विषयहरुमा प्रशिक्षण हुने ग्लोबल पब्लिसिटीका प्रवन्धक गौतम भुसालले बताए । बिहीबारदेखि सुरु भएको प्रशिक्षणको समापन विशेष समारोहका बीच शनिबार हुनेछ ।
प्रतिकृया दिनुहोस्