ताजा अपडेट »

खडेरीले धानखेतमा चिरा, किसानलाई पीडा

शनिबार, ३२ असार २०७९, ११ : ३५
16 Shares

परासी । पश्चिम नवलपरासीका किसानले जनतेन लगाएको धानबाली अत्याधिक गर्मीका कारण खेतमै सुक्न थालेको छ भने खेत चिरा–चिरा परेर फाटेको छ । असारको महिना सकिदा समेत आकाशे पानी नआएको र सिंचाईको सुविद्या पनि नभएका कारण पश्चिम नवलपरासीका अधिकांश किसानले लगाएको धान खेती सुकेर मर्ने संभावना बढेर गएको छ ।

रामग्राम नगरपालिका वडा नं १४किसान रामरतन यादवले ऋण धन गरेर बल्लतल्ल रोपेको धान पानी नपरेकै कारण सुकेर मर्न थालेको चिन्ता व्यक्त गरेका छन्। यसरी पश्चिम नवलपरासीका किसानहरु चिन्तीत भएका हुन ।
कृषि ज्ञान केन्द्र परासीका सुचना अधिकृत सन्तोष चौधरीका अनुसार पश्चिम नवलपरासीमा २१ हजार हेक्टर जमिनका धान खेती हुने गरेको छ । जस्मा अहिले सम्म ९५ प्रतिशत किसानहरुले धान रोपिसकेका छन ।

सानो डिपटूयुवेलको पानी,नहरको पानी र पम्पीसेट मार्फत खोला र घोलावाट पानी तानेर करिव १० हजार हेक्टर जमिनमा रोपाई गरीएको थियो भने बांकी असार १३ र १४ गते परेको आकाशे पानीवाट पश्चिम नवलपरासीका किसानहरुले रोपाई गरेको कृषि ज्ञान केन्द्र परासीका सुचना अधिकृत सन्तोष चौधरीले बताएका छन् । अबको ८/ १० दिन सम्म पनि पानी नपरे धानखेती सुकेर जाने संभावना रहेको चौधरीले बताए ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल