ताजा अपडेट »

लङजम्पमा दाङकी निशाको नयाँ राष्ट्रिय कीर्तिमान

शुक्रबार, ३१ असार २०७९, ११ : ०७
4 Shares

दाङ । दाङकी निशा चौधरीले लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान रचेकी छिन् । जुनियर स्पर्धाका खेलाडीले सिनियरतर्फको राष्ट्रिय कीर्तिमान बनाउन निकै ठूलो उपलब्धी थियो । सन् २०१८ मा एपीएफकी शिला चौधरीले कायम गरेको कीर्तिमानभन्दा २ सेन्टिमिटर बढी ५ मिटर ४७ सेन्टिमिटरको नयाँ रेकर्ड बुधबारदेखि निशाको नाममा सरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका १६ भेलाही गाउँकी निबासी १७ वर्षीया निशा बिना प्रशिक्षण पहिलोपल्ट काठमाडौं पुगेर दशरथ रंगशालामा दौडिएकी थिइन् । फिल्ड विधामा नयाँ कीर्तिमान बनाउन सफल निशाले ट्र्याकमा पनि आफू सहभागी सबै स्पर्धामा स्वर्ण जित्न सफल भएकी छिन् ।

राष्ट्रपति रनिङ शिल्डमा चार स्पर्धामा स्वर्ण जित्दा ३ स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । १ सय मिटर दौडमा १२.५३ सेकेन्डको टाइमिङ नयाँ जुनियर कीर्तिमान हो । त्यस्तै निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसम्मिलित लुम्बिनी टोलीले चारगुणा १ सय मिटर रिलेअन्तर्गत ५४.२० सेकेण्डको टाइमिङमा स्वर्णसहित जुनियर कीर्तिमान कायम गरेका थिए ।

निशाले पद्यमा चौधरी गुरुले प्रशिक्षण गराएकी थिइन् । १२ कक्षाको परीक्षा दिएर बसेकी निशाले राष्ट्रपति रनिङ शिल्ड खेलेको यो पाँचौं संस्करण हो ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी