ताजा अपडेट »

नवलपरासीमा रगत अभाव, तत्काल स्टक नबढाए स्थिती गम्भिर बन्न सक्ने चिन्ता

शुक्रबार, ३१ असार २०७९, ०९ : ३४
6 Shares

परासी । पश्चिम नवलपरासीमा रगत अभाव भएको छ । जसका कारण बिरामिलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसंञ्चार केन्द्र परासीले जनाएको छ । रगत खोज्न आउनेहरुलाई रगत अभावका कारण फर्काउनुपर्ने अवस्था सृजना भएको रक्तसंञ्चार केन्द्र परासीका संयोजक सुरज केसिले बताए।

अहिले गर्मि मौसमका कारण पनि रक्तदान गर्नेको सङख्या अत्यन्तै न्युन रहेको र नियमति रक्तदाताले समेत रक्तदान गर्न ईच्छा नदेखाएपछि रगत अभावले संकट बढेको बताए  । रक्तसंञ्चारकेन्द्रसँग रगतको सबै स्टक सकिएपछि बुधबार विभिन्न उपशाखाबाट रक्तदान गरेर रगत संकलन गरिएको भएपनि उक्त रगत पनि सकिएको केसिले बताए । अहिले बिरामिको चाप बढेको र रक्तदानका कार्यक्रम नभएका कारण बिरामिलाई रगत उपलब्ध गराउन हम्मे हम्मे परेको उनको भनाई छ ।

नवलपरासीमा दैनिक १० पोका रगतको माग छ । तत्कालै विभिन्न सरोकारवाला निकायबाट रक्तदानका कार्यक्रम आयोजना गरि रगतको स्टक नबढाए स्थीति गम्भिर हुन सक्ने सम्भावना रहेकाले बताउँदै उनले सबै पक्षलाई रक्तदान गर्न आग्रह गरे । बुटवल भैरहवामा समेत रगत अभाव भएका कारण झनै समस्या भएको केसिले बताए ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल