२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १३,

Advertisement

बर्दिया । बर्दिया सदरमुकाम गुलरिया बजारदेखि जब्दी पुलसम्मको सडकलाई विद्यालय समयमा सुरक्षित सडक घोषणा गर्न स्थानीयवासीले माग गरेका छन् । विद्यालय समयमा राधाकृष्ण चोकदेखि शुुरू हुने सडकमा अत्यधिक विद्यार्थीको चाप हुने र त्यस सडकमा १२ स्कुल पर्ने भएकाले दुर्घटना हुनसक्ने भन्दै स्थानीयवासीले सुरक्षित सडक घोषणा गर्न माग गरेका हुन् ।

सो सडकबाट राधाकृष्ण बगलामुखी, महाकवि लक्ष्मीप्रसाद देवकोटा मावि, जनज्योति हाईयर सेकेण्डरी स्कुल, सनराइज स्कुल, लिटिल ह्याभन, बागेश्वरी बोर्डिङ, जनमुखी, बालमन्दिरलगायत विद्यालयका सयौँं विद्यार्थी आवतजावत गर्ने हुँदा दुर्घटना बढेको भन्दै बिहान साढे ८ः०० देखि साढे १०ः०० बजेसम्म र अपरान्ह ३ः०० देखि साढे ४ः०० बजेसम्म सुरक्षित सडक घोषणा गर्न माग गरिएको छ ।

सडक निकै साँघुरो र विद्यालय समयमा आधा दर्जन टिपर गुड्ने हुनाले दुर्घटनाको जोखिम बढेकाले यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको सुहलेवा गाउँका मसुली चौधरीले बताए । विद्यालय समयमा सो सडकमा बढी टिपर गुडेपछि विद्यार्थीको यात्रा असुरक्षित भएका तर्फ ध्यानाकर्षण गराउँदा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले तत्काल ट्राफिक प्रहरी परिचालन गरिने बताए । – रासस

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने