ताजा अपडेट »

उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीमा चुनावी सरगर्मी : अध्यक्षका लागि काँग्रेस भित्रकै दुई जनाको उम्मेद्वारी

शनिबार, १८ असार २०७९, १८ : ३२
2 Shares

परासी । उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीको अध्यक्षका लागी काँग्रेस भित्रकै दुई जनाको उम्मेद्वारी परेको छ । यसअघिका वाणिज्य उपाध्यक्ष नगेन्द्र अग्रहरी र वरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरीले अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

नगेन्द्र अग्रहरी सहितको प्यानलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादि पार्टि जसपा, लोकतान्त्रीक समाजवादि पार्टी लोसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले साथ दिएका छन् । ओम प्रकाश अग्रहरीको प्यानलले कसैसँग पनि हालसम्म तालमेल गरेको छैन् । नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा गिरीराज पाण्डे र राजेश कुमार गुप्ताको उम्मेद्वारी परेको छ । उद्योग उपाध्यक्षमा प्रकाशनारायण चौधरीको मात्रै उम्मेद्वारी परेपछि चौधरी सर्वसम्मत उद्योग उपाध्यक्षमा चयन भएका छन् ।

यस्तै वाणिज्य उपाध्यक्षमा रामकुमार गुप्ता तेली र केशव चापागाई शर्माको उम्मेद्वारी दर्ता भएको छ । संघको महासचिवको लागि पनि दुई जनाको उम्मेद्वारी परेको छ । जस्मा राधेश्याम अग्रहरी र तारा अचार्य रहेका छन् । सचिव पदमा बालकिसुन गुप्ता बाँनिया र भोला पराजुलीले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत धन शर्माले जानकारी दिए । यस्तै कोषाध्यक्ष पदका लागि रमेश प्रसाद यादव, राजेश गुप्ता तेली र सन्दिप कुमार स्वर्णकारको उम्मेद्वारी परेको छ । कार्यकारीणी सदस्य खुल्ला पदमा ६ जना निर्वाचित हुने व्यवस्था रहेको छ । उक्त पदमा १० जनाको उम्मेद्वारी परेको छ ।

यसैगरी क्षेत्र नम्बर १ को क्षेत्रीय सदस्यमा उम्मेद्वारी दिएका दुरपती चौधरी सर्वसम्मत भएका छन् । वस्तुगत सदस्य तर्फ उम्मेद्वारी दिएका राजु देवान पनि कुनै अर्को उम्मेद्वारी नपरेपछि सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । संघको लेखा समिति संयोजकमा  दुई जनाको उम्मेद्वारी परेको छ । जस्मा उर्मिला बाँनिया र लिलाधर चापागाई रहेका छन् । संघको १५ औं अधिवेशन यहि असार २६ गते हुँदैछ । २७ गते संघको नयाँ नेतृत्वको लागि चुनाव हुने छ ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल