ताजा अपडेट »

पाँच दिनपछि अबरुद्ध हवाई सेवा सुचारु

शुक्रबार, १७ असार २०७९, ११ : २६
18 Shares

हुम्ला । पाँच दिनदेखि अबरुद्ध रहेको कर्णालीका हिमाली जिल्लाहरुमा अबरुद्ध रहेको हवाई सेवा सुचारु भएको छ । लगातार आन्तरिक रुढको मौसम सफा नभएको हवाई सेवा अबरुद्ध रहदै आएकोमा बिहीबार सुधार आएपछि हवाई सेवा सुचारु भएको हो ।

केही दिनदेखि हवाई सेवासमेत ठप्प भएपछि आफूहरू समस्यामा पर्दै आएकोमा हुम्ला जान पाएको सार्केगाड–४ का मनबहादुर रोकायले बताए। यो समयमा धेरै यात्रुहरुले नेपालजंग बिमान स्थलमा उडान नभएपछि शास्ती खेप्नु परेको थियो । 

नेपाल नागरिक उड्यायन प्राधिकरण सिमकोटका प्रमुख मोहन गिरीका अनुसार पाँच दिन लगातार मौसम खराबीको कारण अबरुद्ध हुुँदै आएको हवाई सेवा सुुचारु भएको छ । उहाँ आफै पनि चार दिन नेपालगंजमा रोकिनु परेको थियो । उहाँले सेवा सुचारु भएपछि सबैलाई सहज भएको बताए । अबरुद्ध पछि पहिलो दिन सिमकोटका लागि तारा, सीता र समिट एयरले उडान भरेका थिए । 

यस अबधिमा हुम्ला खण्डको मौसम राम्रो भएपनि बाजुरा र कालिकोट क्षेत्रको रुढमा मौसम सफा नभएकोले हवाई सेवा अबरुद्ध हुँदै आएको थियो । सडक सञ्जलासँग नजोडिएकोले हुम्लाका जनता हवाइ मार्गमार्फत नै यात्रा गर्न बाध्य छन् । सुर्खेत र नेपालगंज बाट हुम्लाका लागि उडान हुँदै आएको छ । अधिकांश समय यी जिल्लामा निजी प्रदायक कम्पनीका जहाजले मात्र उडान भर्दै आएका छन् । 

हप्तामा तीन दिन नेपाल एयरलाईन्सले उडान भर्ने गरेको भएपनि यसबिचमा नेपाल एयरलाईन्सले पनि उडान भर्न सकेको छैन । सिमकोटमा रोकिएका यात्रुहरु पनि हवाई सेवा सुचारु भएपछि आफ्नो गन्तव्यतर्फ लाग्न पाएका छन् । 

हुम्ला, डोल्पा, मुगुको ताल्चा, जुम्ला र बाजुराको कोल्टीमा मौसममा आएको खराबीका कारण हवाई सेवा बन्द हुदै आएकोमा सुचारु भएको नेपालगंज बिमानस्थलले जनाएको छ । यो अबधिमा दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।