ताजा अपडेट »

लुम्बिनी प्रदेशकी राजमन्त्री विमला घटनामाथि छानविन गर्न बनेको टोली दाङमा

बुधबार, ०८ असार २०७९, १७ : ४०
4 Shares

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा परिवार कल्यान राज्यमन्त्री विमला कुमारी खत्री(वली)को घटनामाथि छानविन गर्न बनेको टोली दाङ आएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, महिला, वालवालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधीबक्ता श्रीकृष्ण सुवेदीसहितको टोली दाङ आएको छ ।

मन्त्री शार्मा मंगलबार राति नै तुलसीपुर आएका हुन्, भने घर्ती र सुवेदी बुधबार विहान तुलसीपुर आएका हुन् । उनीहरुले आज प्रहरी र परिवारका सदस्यसंग छलफल गर्ने छन् । अनुसन्धानका क्रममा खटिएका सबै प्रहरी, एकराज बस्नेत, उनकी श्रीमती, वुवा, दाईलगायतका परिवारका सदस्यसंग कुराकानी गर्ने छन् । उनीहरुले छानवविन गरि प्रतिवेदन तयार पारेर मन्त्रीपरिषदमा पठाउने मन्त्री शर्माले बताए ।

‘हामीले छानविन गरेर प्रतिबेदन तयार गरेर मन्त्री परिषदमा पठाउछौं’,उनले भने‘त्यसपछि यसमा सरकारले आफ्नो धारणा बनाउछ ।’ बजेट पनि पारित गर्नुपर्ने भएकाले छिटो प्रतिबेदन तयार पार्न तर्फ छानविन समितिको टोली लागिरहेको छ । ?उश्रराज्य मन्त्री वलीले केही दिन अघि वाईसिएल नेता एकराज बस्नेतसंग आफ्नो कारोवार भएको भन्दै घरमै गएकी थिइन । एकराजले ३५ लाख रकम सापटी लिएको र अहिलेसम्म नदिएको भन्दै त्यो रकमका विषयमा छलफल गर्न घर गएको विमलाले बताएकी छिन् ।

तर, घरमा जाँदा एकराज नभेटिएको र घरमा रहेकी श्रीमतिसंग हातहालाहालको अबस्था भएको थियो । एकराजकी श्रीमति मिना बस्नेतले आफूमाथि हातपात गरेको भनी अरोप लगाएकी थिइँन । राज्यमन्त्री वली हाल वुटवल छिन् । प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद बैठकले राज्य मन्त्री वलीको घटनाबारे सत्यतथ्य छानबिन गर्न मन्त्री शर्माको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी