ताजा अपडेट »

न त विरोध गर्न सक्छु, न त मुल्य थेग्न सक्छु!

सोमबार, ०६ असार २०७९, १४ : ४६
4 Shares

किनमेल गर्न बजार निस्केको म
चर्को गर्मी नजिक भएपनि नगरबस चढ्नु पर्ने
सधैजसो खचाखच थिएन बस आज
सिट खाली थियो बस्न नपाउंदै
भाडा माग्न थाले स्टाफ
हिंजो र आजमा किन यती फरक
भाडा सुनेर रिसायं म झनक
तेल बढ्यो नी दिदी
सक्छ्यौ भने भाडा तिर नत्र ओर्लिएर हिंड
रुखो बोली अनी उसको बाध्यता
अमिलो मनले तिरें अनि तिम्रो रुप सम्झे
तिमी त आफ्नै पो पर्यौं
न त विरोध गर्न सक्छु, न त मुल्य थेग्न सक्छु ।

छोराको स्कुल व्याग किन्नु थियो
मुल्य बढ्या छ साउजीले पहिला ईसारा दियो
एक महिना भाछैन नयां झोलामा किताव राखेको
छोराको तौल र किताबको तौल उस्तै छ
अनि धानोस कति दिन
मलाई किन्नु छ जसरी
अस्ती को भाउ र आज त
आकास जमिनको फरक भएछ
थोरै मिलाउन मिल्दैन साहु जी ?
मिल्दैन दिदी यो पाली भाउ बढेरै आयो
मेरो सटर भाडा पनि बढ्यो
परिवारको पेटको खर्च पनि बढ्यो
विहान सांझको एकै गास कटाएर पनि
छोराको भविष्य अटाउनु छ झोलामा
तिर्छु पैसा सम्झिन्छु तिमीलाई
तिमी त आफ्नै पो पर्यौं
न त विरोध गर्न सक्छु, न त मुल्य थेग्न सक्छु ।

भुटन नहाली भाछैन
रुखो सुखो निल्ने मन लाछैन
छाक टार्नलाई केही अन्न किन्न बांकी नै छ
एकै दिनमा भाउ बढेर छोईनसक्नु भारैछ
मन त थियो महिना दिनलाई पुरै रासन भर्ने
सांघुरो यो आम्दानीलाई कता कता छर्ने ?
चाहाना त कुरै छोडौं, खांचो टार्न गाह्रो
पेट पाल्न र ईज्जत ढाक्न कष्ट कति साह्रो
टेक्ने समाउने हांगा मसिना
गरीव दुखीलाई सधै असिना
आकुल व्याकुल जनता भाछन महङ्गीको मारमा
रक्षक नै भक्षक जस्ता बांच्ने कसको सारमा
गाह्रो भयो जिवन जिउन
फेरी सम्झें तिमलाई
तिमी त आफ्नै पो पर्यौ
न त विरोध गर्न सक्छु, न त मुल्य थेग्न सक्छु ।

रासन पानी केही घटाई किने सक्ने जती
तनाव हटाई निदाउनलाई
किन्न बांकी छ ओखती
सधै खाने ओखती हो
मुल्य ठिक्क ठिक्क थियो
त्यही पनि त भाउ बढेछ, खै कसरी खानी
मिल्छ भने आधा खान थोरै देउ न नानी
डाक्टर सावलाई सोध्नु पर्छ उनको जवाफ अनी
भएदेखी डाक्टर सावलाई सोध्ने खर्च पनि
पुरै खान्थें किन माग्थें आधा खान्छु भनि ।
न त जिवन स्वस्थ राख्न राम्रो सक्छु खान
अशक्त भई उपचारलाई न त सक्छु जान
जीवन मरण गाह्रो हुंदा फेरी तिम्रै झल्को
आफ्नै पर्दा तिमी अहिले
न त विरोध गर्न सक्छु, न त मुल्य थेग्न सक्छु ।

किन्नेको मात्रै होईन पिंडा
उधोगी व्यापारीका पनि उस्तै
चर्को व्याज र राहत नहुंदा बन्द हुन्छन सुस्तै
ऋणको भार थेग्न नसकी, मान्छे भाग्न खोजेको छ
बन्द भए सारा बाटा, गलत निणर्य रोजेको छ ।
तिम्रा आंखा कती अदुर दृष्टी
एउटै क्षेत्रमा मुल्य बढाउंदा
चलाउन गाह्रो भो सारा सृष्टी
अस्ती त राम्रै विरोध गरें मैले
आज तिमी आफ्नै छौ
न त विरोध गर्न सक्छु, न त मुल्य थेग्न सक्छु ।
मार मलाई पनि परेको छ
मार उसलाई पनि परेको छ
उसलाई बिर्सेर एकैछिन
अब सम्झ मलाई
प्लीज अव यसको निकास खोज
जनतालाई मारमा होईन
काखी च्यांपेर हिंड्ने बाटो रोज ।।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।