ताजा अपडेट »

बेमौसमी अभ्यास: मनसुनको बेला अग्नी नियन्त्रण अभ्यास

आइतबार, २९ जेठ २०७९, १९ : २१
18 Shares

गुल्मी । शनिबार राती पनि पानी परिरहेको थियो । आइतबार विहानपख पनि फाटफुट पानी पर्ने र विदो हुने क्रम जारि थियो । गुल्मीको सदरमुकाम बाट हेर्दा कतैकतै न्युन मात्रमा घाम लागेको देखिन्थ्यो भने अधिकांस स्थानमा मनसुने अन्धकारमय मौसम थियो । मनसुनकै कारण कतै सडक अवरुद्ध, कतै चट्याङले पशु चौपायको क्षति भएको समाचार पनि स्थानीयले टिपाउँदै थिए ।

यहि क्रममा एक जना मित्रले सदरमुकाम तम्घासको चिदिचौरमा प्रशासनद्धारा आगो नियनत्रण अभ्यास हुँदैछ भन्ने जानकारी गराउँदै आउनका लागि आग्रह गरे । आकाशबाट पानी पर्ला जस्तो थियो । ओतिने छाता पनि तत्काल नभएका कारण नजाउँकी जस्तो लागेको थियो । तर एक छिन पछि एउटा सवारी साधनको सुविधाले कार्यक्रम स्थलमा पुगियो ।त्यहाँ पुग्दा सम्भावित मुसलधारे पानी बाट बच्नका लागि होला मञ्चमा त्रिपाल टाँगिएको थियो । त्यस त्रिपाल मुनी कुर्चीमा जिल्लाका उच्च तहका सरकारी अधिकारी र केहि समाज सेवीहरु बसिरहेका थिए ।

त्यसको ठिक अगाडी स–साना खरका झुपडी, आगो निभाउने यन्त्र, दम्कल आदि ईत्यादी सामग्री र सेना प्रहरी लगायतका सुरक्षाकर्मीहरु ‘स्टाण्डबाई पोजिशन’मा थिए । केहि बेर पछि चौरमा बनाईएका ति खरका घरहरु जल्न सुरु गरे । अन्ततः तम्तयार गरिएका विभिन्न यन्त्रहरु प्रयोग गरि अग्नी नियन्त्रण टोलीले सिकेको सिप–कला प्रदर्शन गर्दै आगो निभाए ।

खडेरीको बेला अघि भएको भए सुरक्षा निकायको यो अभ्यास जायज थियो । तर मनसुन भित्रिएको थियो । अग्नी नियनत्रण अभ्यासको बेला टुप्पीएको थियो । माग–फागुन महिना भन्दा अघि यस्तो अभ्यास गरिएको वा गरिने भए सायद विगतका बर्षहरुमा कतै आगो निभाउने क्रममा सैनिक जवानहरुको त्यसरी ज्यान जाने थिएन होला ।

कोही घाईते पर्ने पनि थिएनन । सर्वसाधारणले पनि आगोमा परेर ठुलो ज्युधनको क्षति ब्यहोर्न पर्ने थिएन कि भन्ने महशुस भयो । अझ अहिले यो मनसुनको बेला अर्को डर छ । अविरल बर्षाका कारण कति बेला घर भत्केर , बगाएर, पहिरो गएर वा खोला–बाढलिे बगाएर कसको कति बेला ज्यान जाने हो भन्ने कुराले स्थानीय त्रसित हुने बेला हो ।

साँच्ची यो बेला मनसुनजन्यन विपद नियन्त्रण्को सरकारी निकायबाट अभ्यास हुने बेला होईन र ? यस्तो सवाल उब्जियो मनमा र झारा टराई जस्तो लागेर गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद गैरै संग जिज्ञाषा राखियो ।अन्ततः उनकै अनुसार पनि नभन्दै बेला टुप्पिएकै रहेछ । एक प्रकारले सरकारी काम सक्नु पर्ने झारा टराई नै रहेछ । निमित्त प्रमुख जिल्ला अधिकारी हरीप्रसाद गैरै भन्छन्–‘अहिले गर्न लागिएको अग्नी नियन्त्रण लगायतको विपद ब्यवस्थापनको डेमुस्टेशन ( अभ्यास ) हामीले पहिल्लै गर्नु पर्ने थियो ।

हामीलाई गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण व्यवस्थापन प्राधिकरणबाट चैत्र महिना मै गर्नु भनि पत्र आएको थियो । तर हामीले चुनावका कारण त्यति बेला भ्याउन नसकेर अहिले गरेको हो । ’ यसमा दोष जिल्ला प्रशानको मात्रै भन्न सकिन्न । आगोलागीका अधिकतम घटना हुने बिशेषतः फागुन र चैत्र महिनामा हो । तर चैत्र महिनाको अन्तिममा अग्नी नियन्त्रणको अभ्यास गर्न पत्र पठाउने माथील्लो निकाय दोषी हो कि होईन ? मनसुन भित्रिएको छ ।

अब मनसुनजन्य विपद नियन्त्रणको अभ्यायस यहाँको सुरक्षा निकायलाई गर्न कहिले पठाउने हो ? अहिले जस्तो बेला टुप्पीएको महिना मंसिरकी पुसमा ? खैर, जेहोस, अभ्यास अग्नी नियन्त्रणको भए पनि कार्यक्रमको ब्यानरमा मनसुनजन्य व्यवस्थापन पनि जोडिएको थियो । तर अक्षरमा जता जे जोडिए पनि व्यवहारमा जनताको सहि विपदको बेला पहिल्याईयोस् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार