ताजा अपडेट »

१६ दिने शिशुको शव सेफ्टी टंकीमा फेला

बुधबार, २५ जेठ २०७९, १० : २१
6 Shares

दाङ । दाङमा शौचालयको सेफ्टी टंकीमा नवजात शिशुको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी १५ बर्षिया आमाले जन्माएको १६ दिने शिशुको शव सेफ्टी टंकीमा फेला परेको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

शिशुलाई ओच्छ्यानमा छोडेर आमा शौचालय गएको र शौचालयबाट फर्किने क्रममा ओच्छ्यानमा शिशु नदेखेपछि छिमेकीलाई खबर गरेको प्रहरीले जनाएको छ । शिशु खोज्ने क्रममा सेफ्टी टंकीमा शव फेला परेको थियो । प्रहरीले अनुसन्धानका लागि शिशुको आमालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानपछि घटनाको पूण विवरण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी